Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रुपन्देहीमा आजबाट एक साता थपियो निषेधाज्ञा

सार्वजनिक सवारीसाधान जोर–विजोर, पसल ११ जेदेिख ६ बजे सम्म खुल्ने 


  • लुम्बिनी चिन्तन
  • आषाढ १५, २०७८ मंगलवार
  • 714
    SHARES

रुपन्देहीमा आजबाट एक साता थपियो निषेधाज्ञा

भैरहवा । रुपन्देहीमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । आजबाट लागु हुनेगरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । 

थपिएको निषेधाज्ञामा सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ । जोरविजोर प्रणालीमा सार्वजनिक यातायातलाई सञ्चालन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । 

 यातायात व्यवसायीसँग बैठक बसी सम्पूर्ण मापदण्ड अपनाउँदैं सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको उनको भनाई । त्यस्तै बैठकले सवारी भाडामा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले यसअघि असार ७ गते एक साताको लागि लम्ब्याएको निषेधाज्ञामा नीजि सावारीलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 

थपिएको निषेधाज्ञामा ११ बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिइने भएको छ । अन्य सार्वजनिक मापदण्डको हकमा भने यसअघि नै लिइएका निर्णयहरु कार्यान्वयन हुने प्रजिअ तामाङले बताए । 


लुम्बिनी चिन्तन

थप समाचार