भैरहवा भदौ १५/
सिद्धार्थ संजाल रुपन्देहीले भदौ महिना भरी हुने तिज गित प्रतियोगिता लगायतका सम्पुर्ण कार्यक्रमहरु स्थगित गरेको छ ।
भदौ १० गते आएको बाढीपहिरो पछि उत्पन्न परिथितीलाई मध्यनजर गर्दै सिद्धार्थ संजाल रुपन्देहीले भदौमा गरीने सम्पुर्ण कार्यक्रमहरु स्थगित गरेको संजालका अध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए ।
संजालले आयोजा गर्ने तिज गित प्रतियोगीता लगायत भदौ महिनाभर गरीने कार्यक्रमको सम्पुर्ण खर्च वापतको रकम बाढीपिडीतहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा जम्मा अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
सिद्धार्थ संजाल रुपन्देहीको बैठकले उक्त्त निर्णय गर्दै बाढीमा परि ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ । साथै बिभिन्न अस्पतालहरुमा उपचार गराईरहनु भएका घाईतेहरु प्रति शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धारकार्यमा लाग्नुहुने सुरक्षा निकाय , स्थानिय , संघसंस्थाहरु प्रति कृतज्ञता प्रकट गर्दै उद्धारमा कमी नहुन सरकार संग आग्रह गरेको छ ।