Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी विकास कोषका कर्मचारीहरुसंगको मिलीमतोमा मलेसियन गुम्बा द्धारा दुई करोड बढी राजश्व छली


  • लुम्बिनी चिन्तन
  • भाद्र ४, २०८३ बिहिवार
  • 208
    SHARES

लुम्बिनी विकास कोषका कर्मचारीहरुसंगको मिलीमतोमा मलेसियन गुम्बा द्धारा दुई करोड बढी राजश्व छली


भैरहवा भदौ ४,
लुम्बिनी विकास कोषका कर्मचारीहरु  निमार्णधिन मलेसियन गुम्बालाई करोडौ रकम छुट दिईएको पाईएको छ । 
लुम्बिनीमा बन्दै गरेको मलेसियन गुम्बाले लुम्बिनी बिकास कोषलाई दुई करोड बढी राजश्व बुझाउन पर्नेमा कर्मचारीहरुको मिलिमतोमा करिव ६० लाख रुपैया मात्र बुझाएर वांकी रकमका बिषयमा मौन बसेका छन् । 
लुम्बिनी बिकास कोषका कर्मचारीहरुलाई तलव खुलाउन बजेट नभएर मायादेबी मन्दीर प्रबेशमा ७५ प्रतिशत शुल्क बढाउने लुम्बिनी बिकास कोषले कोषको आम्दानीको श्रोतका रुपमा रहेको गुम्बाहरु निमार्ण पुर्व बुझाउनु पर्ने पांच प्रतिशत सेवा शुल्क र दश प्रतिशत धरौटी बापतको रकम न्युन मुल्यड.कन गरी कोषलाई करोडौ नोक्सान हुने गरी काम गरेका छन् ।
मलेसियन गुम्वाले लुम्बिनी बिकास कोष संगको सम्झौताको समयमा कम लागत देखाई सोही बमोजिम राजश्व दाखिला गरेपनि सम्रचनामा भने एक अर्ब बढी लगानी गरेको पाईएको छ । 
गुम्बा निमार्णका लागी स्वृकीति लिए पनि तिन सय बढी बाथरुमसहितको कोठा बनाए पछि गत बर्ष मोनाष्ट्र्‌ीका नाममा लुम्बिनी बिकास कोष भित्र होटल निमार्ण गरेको समाचार प्रकाशन गरेको थियो । 
सोही गुम्बाले लुम्बिनी बिकासकोष संग जग्गा भाडा सम्झौता पछि निमार्ण गरीन लागेको सम्रचनामा लुम्बिनी बिकास कोषलाई न्युन लागतको कागजात पेस गरी सोही अनुसारको राजश्व भुक्तानी गरेको पाईएको छ । 
लुम्बिनी बिकास कोष भित्र बन्ने गुम्बाहरुले लुम्बिनी बिकास कोषलाई निमार्ण लागतको दश प्रतिशत घरौटी जम्मा गर्नु पर्ने र पांच प्रतिशत सेवा सुल्क बुझाउनु पर्ने प्रावधान छ ।  सम्रचना निमार्णमा कम लागत देखाए पछि सोही रकमको दश प्रतिशत घरौटी र पांच प्रतिशत सेवा सुल्क लुम्बिनी बिकास कोषमा बुझाउनु पर्ने हुन्छ । 
२०७४ माघ २२ गते भएको सम्झौतामा पहिलो चरणमा ६ करोड चार लाख नब्बे हजार २ सय ४८ रुपैयाको लागतमा मेडिटेशन हल बनाउने र सोही रकमको दश प्रतिशत धरौटी र पांच प्रतिशत सेवा सुल्क बुझाएको थियो । दोस्रो फेजमा मेडिटेशन डोम , सभिैस बल्क , गार्डेन तथा पानी फोहोरा बनाउने र पहिलो र दोस्रो फेजको कुल लागत ५१ करोड ८४ लाख ९० हजार २ सय ४८ रुपैया रहने सम्झौता पत्रमा उल्लेख छ । 
अन्डरग्राउण्ड सहितको सुबिधा सम्पन्न उक्त भवन सम्पन्न हुदा एक अर्ब बढी लगानी हुने लुम्बिनी बिकास कोषका कर्मचारीहरु बताउछन् ।
सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी बिकास कोषमा दश प्रतिशत घरौटी जम्मा गरेको भए मलेसियन गुम्वाले ५ करोड १८ लाख ४९ हजार रुपैया घरौटी जम्मा गर्नु पर्दथ्यौ । त्यसैगरी पांच प्रतिशत सेवा सुल्क अन्तरगत २ करोड ५९ लाख २४ हजार ५ सय १२ रुपैया जम्मा गरेको हुनु पर्दथ्यौ । 
तर मलेसियन गुम्बाले करिव १२ करोड लागत बराबरको रकम देखाएर धरौटी दश प्रतिशत अन्तरगत १ करोड २० लाख ५८ हजार रकम जम्मा गरेको छ भने पांच प्रतिशत सेवा सुल्क रकम अन्तरगत ६० लाख ४९ हजार रुपैया रकम जम्मा गरेको छ । तर बाहीरी सम्रचनाको मुल्याड.कन गर्दा एक अर्ब बढी रकम खर्च भैसकेको देखीन्छ । 
यस बिषयमा मलेसिय गुम्बाका प्रतिनीधीहरु संग सर्म्पक गर्दा सर्म्पकमा आउन चाहेन्न् । यता लुम्बिनी बिकास कोषका निमीत्व सदस्य सचिव ज्ञानिन राईले कुनै पनि देशहरुले लुम्बिनीमा गुम्वा निमार्ण गर्दा सुरुमै लुम्बिनी बिकास कोषमा प्रस्तावना सहितकागजात पेस गरी धरौटी र सेवा सुल्क बुझाएर मात्र निमार्ण सुरु गर्ने नियम रहेको बताए । यस गुम्बाको बिषयमा सम्झौता पत्र अध्ययन गरेर अगाडी बढ्ने राईले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार