Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

होटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठन रुपन्देहीको सहकार्यमा दुर्गा मन्दीरमा लिङ्गे पिङ संचालन


  • लुम्बिनी चिन्तन
  • आश्विन २७, २०८३ मंगलवार
  • 736
    SHARES

होटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठन रुपन्देहीको सहकार्यमा दुर्गा मन्दीरमा लिङ्गे पिङ संचालन


भैरहवा असोज २७/
होटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठन रुपन्देहीको सहकार्यमा दुर्गा मन्दीर भैरहवामा लिङ्गे पिङ संचालनमा आएको छ । 
नेपाल पर्यटन बोर्डले नेपालका बिभिन्न स्थानहरुमा परम्परागत लिङ्गे पिङ संचालन गर्नका लागी होटल व्यवसायी महासंघ नेपाल संग सहकार्य गरेकोमा भैरहवाको अन्नपुर्णटोल स्थित दुर्गा मन्दीरमा पिङ संचालन गरएिको संगठनका अध्यक्ष राजेश मल्होत्राले जानकारी दिए । 
बडादशैंको मौलिक संस्कृति, परम्परा र सामाजिक आत्मीयताको पर्वलाई संस्कृति, पर्यटन र स्थानीय समुदायसँग जोडनका लागी पिङले महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष मल्होत्राले जानकारी दिए ।
नेपाल पर्यटन बोर्डसँगको पहलमा विभिन्न स्थानमा लिङ्गे पिङ राख्ने अभियानमार्फत हाम्रो मौलिक परम्परालाई संरक्षण र प्रवद्र्धन गर्नुका साथै स्थानीय नागरिक तथा स्थानीय संघ–संस्थासँग आत्मीय सम्बन्ध अझ सुदृढ गर्ने विश्वास लिएको उनले बताए ।
लिङ्गे पिङको उद्धघाटन गर्दै दुर्गामन्दीर ब्यावस्थापन समितीका अध्यक्ष नरहरी प्रसाद घिमिरे दशैका अवसरमा स्थापना गरीएको लिङ्गे पिङको धार्मिक र पौराणिक , सांस्कृतिक, सामाजीक फरक फरक मान्यता रही आएको बताउदै यसले परम्पराको निरन्तरता कायम गरेको बताए ।

linge ping 2.jpg
कार्यक्रममा संगठन बरिष्ठ लिलाधर भट्र्रराई , महासंघ लुम्बिनी प्रदेशका महासचिव गणेश प्रसाद वेलवासे , संगठनका पुर्व अध्यक्ष राज चन्द्र रेग्मी , महासचिव सुनिल घिमिरे लगायतले लिङ्गे पिङको महत्वका बारेमा आ आप्नौ धारणा रहाखेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार