Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

दसैँमा पनि सिद्धार्थनगर सिटी हस्पिटलका आकस्मिक तथा विशेषज्ञ स्वास्थ्य सेवा २४ घण्टा उपलब्ध


  • लुम्बिनी चिन्तन
  • कार्तिक १, २०८३ शनिवार
  • 72
    SHARES

दसैँमा पनि सिद्धार्थनगर सिटी हस्पिटलका आकस्मिक तथा विशेषज्ञ स्वास्थ्य सेवा २४ घण्टा उपलब्ध

भैरहवा असोज ३१/

दसैँ पर्वको समयमा पनि सिद्धार्थनगर सिटी हस्पिटल, भैरहवाले आकस्मिक तथा विशेषज्ञ स्वास्थ्य सेवाहरू चौबिसै घण्टा निरन्तर उपलब्ध गराउने भएको छ।

अस्पतालले विगत एक दशकभन्दा अघिदेखि नै चाडपर्वलगायतका समयमा समेत चौबिसै घण्टा आकस्मिक तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। यस वर्षको दसैँमा पनि बिरामीलाई सहज र समयमै उपचार उपलब्ध गराउने उद्देश्यले यी सेवाहरू निरन्तर सञ्चालनमा रहनेछन्।

अस्पतालमा अर्थोपेडिक सर्जरी, न्युरो सर्जरी, जनरल सर्जरी, ईएनटी सर्जरी, स्त्रीरोग तथा प्रसूति सेवा, सिजेरियन (सीएस) तथा सामान्य प्रसूति सेवाका साथै आईसीयू, एनआईसीयू र आकस्मिक उपचार सेवा उपलब्ध रहनेछन्।

चाडपर्वका बेला कतिपय स्वास्थ्य संस्थामा सेवा सीमित हुने तथा विशेषज्ञ चिकित्सकको उपलब्धतामा कठिनाइ हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले बिरामीलाई आवश्यक स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउँदै आएको जनाएको छ।

चाडपर्वमा पनि बिरामीको उपचारमा कुनै अवरोध नहोस् र आपत्कालीन अवस्थामा समयमै स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सिद्धार्थनगर सिटी हस्पिटलले आफ्नो सेवा निरन्तरता दिएको छ।


लुम्बिनी चिन्तन

थप समाचार