Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मारवाडी महिला मञ्च भैरहवाद्धारा संस्कृत आश्रममा पिउनेपानीको व्यवस्था


  • लुम्बिनी चिन्तन
  • आश्विन २६, २०८३ सोमवार
  • 228
    SHARES

मारवाडी महिला मञ्च भैरहवाद्धारा संस्कृत आश्रममा पिउनेपानीको व्यवस्था


भैरहवा असोज २६ । 
मारवाडी महिला मञ्च, भैरहवाले सिद्धार्थनगर नगरपालिका वडानं ३ स्थित संस्कृत विद्या संन्यास आश्रममा शुद्ध तथा चिसो पिउनेपानीको व्यवस्था गरेकोे छ । 
रुपन्देहीको बिभिन्न ब्यावसायिक प्रतिठानमा आवद्ध रहनु भएका मारवाडी समुदायका महिलाहरुको संस्था मारवाडी महिला मञ्चले आश्रममा अध्ययनरत बटुकहरूलाई गर्मीयाममा चिसो तथा स्वच्छ पिउनेपानीको अभाव हुन नदिन वाटर कुलर मेसिन जडान गरेको मञ्चकी अध्यक्ष बेनु अग्रवालले जानकारी दिनु भयो ।
मञ्चले २ लाख ३९ हजार ९ सय ५० रुपैयाँको लागतमा आश्रममा वाटर कुलर मेसिन जडानगरेको हो । समाजको विकासमा योगदान पुर्याउने उद्देश्यसहित मञ्चले विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष बेनु अग्रवालले बताउनु भयो । समाजका लागि केही राम्रो काम गर्न पाउँदा आत्मसन्तुष्टि प्राप्त हुने उल्लेख गर्दै सामाजिक सेवामा मञ्चको टीम निरन्तर लागिपरेको बताउनु भयो । 

water 11.jpg
मञ्चको संस्थापक अध्यक्ष बिना अग्रवालले आश्रममा रहेका बटुकहरुका लागि आगामी दिनमा पनि आवश्यक सहयोग गरिने बताउनु भयो । स्वच्छ पिउनेपानी (स्वच्छ पेय जल) को व्यवस्था गर्न पाउनु सन्तुष्टिको विषय भएको उहाले वताउनु भयो ।
संस्कृत विद्या संन्यास आश्रमका पूर्वअध्यक्ष डीआर शर्माले वाटर कुलर जडान गर्नु पुण्य कार्य भएको बताउदै गर्मीयाममा बटुकहरूलाई पिउनेपानीको व्यवस्थापनमा केही समस्या हुने गरेकोमा त्यसको समाधानका लागि मारवाडी महिला मञ्चले सहयोग गरेको बताउनु भयो । 
वाटर कुलर मेशिन हस्तान्तरण कार्यक्रममा संस्कृत विद्या संन्यास आश्रमका पीठाधीश स्वामी श्री १००८ शान्तानन्द सरस्वती, मारवाडी युवा मञ्च, भैरहवाका अध्यक्ष रोहित कुमार अग्रवाल, मारवाडी महिला मञ्च भैरहवाको पदाधिकारीको सहभागीता रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार