भैरहवा भदौ २८/
नेपाल भारतका रोटरीयनलाई जोड्न बिगतका ३ बर्षहरु झै यो बर्ष पनि भारतको गोरखपुरमा भारतको २ District 3120,3250 एव नेपालको रोटरी district 3292 को संयुक्त आयोजनामा Public image and Peace बिधा अन्तर्गत "लम्हे रोटरी मल्टि डिस्टृक्ट मीटिङ " गोरखपुरमा सम्पन्न भएको छ ।
" लम्हे" अर्थात जहाँ दिल मिलते है को मुल भाव रहेको छ।दुबै देशको रास्ट्रीय धुन बजाउदै शुरुआत गरिएको यस कार्यक्रमको अध्यक्षता 3120 कि DG पुनम गुलाटी एव 3250 कि अनु नारङ एव 3292 नेपाल भुटानका Dg बिष्णु बहादुर कार्कीको बिशेष उपस्थितिमा सम्पन्न भयो।यश कार्यक्रममा RI 3120 को तर्फबाट शान्तीको संदेश सहित भोटेकोशी पीडितलाई राहत स्वरुप भारु1551,000/-( नेरु 2480,600/-) को चेक DG 3120 पुनम गुलाटीले DG 3292 बिष्णु बहादुर कार्कीलाई हस्तान्तरण गर्नु भयो।
उक्त कार्यक्रममा नेपालका बाढीमा ज्यान गुमाउने प्रती आत्माको शान्तीको निमित्त १ मिनेट मौन प्रार्थना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथी Past RI Director कमल शाङ्वी,key Note Speaker पुर्व राजदुत , भारत दिपक बोहोरा ,RPIC बिन्दु सिंहको बिशेष अतिथ्त्यता रह्यो।
कार्यक्रममा उपस्थिति ७२० मा नेपालको विभिन्न १५ क्लबका ८० जनाको उपस्थिति थियो। रुपन्देहीबाट RC भैरहवा,RC बुटवल साउथ, RC देवदह सम्मानितलाई ट्रफी सहित सम्मान गरिएको थियो। भैरहवाका तीनै क्लब RC भैरहवा, RC Central lumbini , RC लुम्बिनी सिद्धार्थनगरको उपस्थिति रहेको थियो।यस कार्यक्रमको ब्यवस्थापन मिलाउने Rotary Club गोरखपुरका अध्यक्ष प्रविन आर्या सहितको क्लब परिवार रहेको थियो।
नेपाल भारतको क्लबको क्लबलाई जोड्ने बिशेश भुमिका रो. gobind singh lucky को रहेको थियो। रोटरी क्लब भैरहवाका अध्यक्ष अजय कुमार गुप्ताले नेपाल भारतका रोटरेयनलाई एक मंचमा ल्याउने यश भब्य कार्यक्रमले दुबै देशको सम्बन्ध एव रोटरी इमेजलाई थप बलियो बनाउने एव दुबै देशको पौराणिक सम्बन्धलाई प्रगाढ बनाउने बताउनु भयो।नेपालको प्रतिनिधित्व गर्दै रुपन्देहीले सबै भन्दा बढी सहभागिता जनाएकोमा RC Central lumbini का अध्यक्ष गङाधर भन्डारीले खुसी ब्यक्त गर्नुभयो।
