Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रधानमन्त्री दैविकप्रकोप उद्धारकोषमा सिद्धार्थ सार्वजनिक यातायातद्धारा ५ लाख ५ सय ५ रुपैयाँ सहयोग


  • लुम्बिनी चिन्तन
  • भाद्र २९, २०८३ सोमवार
  • 246
    SHARES

प्रधानमन्त्री दैविकप्रकोप उद्धारकोषमा सिद्धार्थ सार्वजनिक यातायातद्धारा ५ लाख ५ सय ५ रुपैयाँ सहयोग


भैरहवा भदौ २९/
सिद्धार्थ सार्वजनिक यातायात प्रालि भैरहवाले प्रधानमन्त्री दैविकप्रकोप उद्धारकोषमा ५ लाख ५ सय ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.ले ५ लाख ५ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेको सिद्धार्थ सार्वजनिक यातायात प्रालीका अध्यक्ष सन्जिव रोक्काले जानकारी दिए ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको अध्यक्ष रोक्काले जानकारी दिए ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले विपद्को यस घडीमा सबै पक्षलाई राहत तथा उद्धारमा सहयोग गर्न आग्रह गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार