Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी बिकास कोषभित्र भैरहेको आर्थिक अनियमितता नियन्त्रण गर्न तत्काल हस्तक्षेप गर्न स्थानियवासीद्धारा सरकार संग आग्रह


  • लुम्बिनी चिन्तन
  • भाद्र ६, २०८३ शनिवार
  • 112
    SHARES

लुम्बिनी बिकास कोषभित्र भैरहेको आर्थिक अनियमितता नियन्त्रण गर्न तत्काल हस्तक्षेप गर्न स्थानियवासीद्धारा सरकार संग आग्रह


लुम्बिनी भदौ ६ / 
लुम्बिनी बिकास कोषभित्र भैरहेको आर्थिक अनियमितता नियन्त्रण गर्न स्थानियवासीले सरकार संग आग्रह गरेका छन् । 
लुम्बिनी बचाउ महाअभियानले लुम्बिनी बिकास कोष भित्र कर्मचारीहरुले बिभिन्न आर्थिक अनियमितता गरेको भन्दै कोषको गतिविधिमा तत्काल हस्तक्षेप गर्न सरकार संग आग्रह गरेका छन् । 
लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक राम बिकास चौधरीले बिभिन्न सात प्रश्नहरु लुम्बिनी बिकास कोष संग राखेका छन् । 
सार्वजनिक मन्दिरमा अध्यात्मिक प्रयोजनका लागि प्रवेश गर्न शुल्क तिर्नु पर्दैन। सर्वोच्च अदालतले मन्दीर बाट शुल्क लिन नपाईने फैसला गरेको थियो । आदेश अवहेलना गर्दै मायादेवी मन्दिर प्रवेशमा लगाइएको शुल्क कहिलेसम्म हटाईने छ चौधरीले भनेका छन् ।
करिव २१ अर्ब लागत रहेको ८१ थान धार्मिक महत्वको थाङ्का लुम्बिनीबाट अधिकार दुरुपयोग गर्दै काठमाडौँ मगाएर विवादित व्यक्ति सुर्य बहादुर थकालीलाई जिम्मा लगाइएको छ । एडिबीले पर्यटन प्रयोजनकालागी लुम्बिनीलाइ दिएका बिद्युतीय बसहरू तथा महत्वपूर्ण थाङ्का फिर्ता ल्याउने र यस्ता कर्ममा संलग्नमाथि कारबाही कहिलेसम्म हुन्छ भन्ने उनले प्रश्न गरेका छन् ।


पुरातात्विक महत्वका सामाग्री रहने लुम्बिनी स्थित संग्रहालयलाई अधिकार दुरुपयोगगरी, गैरकानुनी तरिकाले वर्तमान सांसद समेत रहेकी सुुुम्निमा उदासको संस्थालाई जिम्मा लगाउने निर्णय खारेज गरी दोषीमाथि कारबाही गर्न स्थानियले मागगरेका छन् ।
उत्खननका बेला मायादेवी मन्दिरबाट प्राप्त ४७ थान बहुमूल्य मूर्ति तथा वस्तुहरू र तथागत भगवान बुद्धको अस्थुधातु अझै लुम्बिनीमा किन ल्याइएको छैन । ती बहुमूल्य धरोहरहरूको अवस्था खोजी गरी लुम्बिनीमा ल्याउने ठोस पहल गर्न माग गरेका छन् ।
धार्मिक तथा पुरातात्विक महत्वको सम्पदा तोड्नु र स्वरूप बिगार्नु कानुनतः दण्डनीय छ । मायादेवी मन्दिरको मूल संरचना तोडफोड रूप बिगारिएका माथि कानुनी कारबाही गर्न माग गरेका छन् ।
लुम्बिनी क्षेत्रमा स्वीकृति बिना, अनियमित र गैरकानुनी तरिकाले निर्मित धार्मिक तथा भौतिक संरचनाहरू बनाउने र बनाउने आदेश दिने अधिकारीहरूलाई कारबाही गरी ती अवैध संरचनाहरू हटाउन माग गरेका छन् ।
लुम्बिनी विकास कोषका जिम्मेवार पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति, आय स्रोत, बैंक खाता, लगानी तथा जीवनशैलीको विस्तृत छानबिन गरी दोशीलाई कार्वाही गर्न स्थानियले माग गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार