बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेश धान उत्पादनमा पहिलाे रहेको बताएका छन ।राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिदै मुख्यमन्त्री पोखरेलले कृषिबाट प्राप्त हुने कुल ग्रार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको उल्लेख गर्दै नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव ५ प्रतिशत जमिनमा धान खेती हुँदै आएकोमा क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढि रहेको तथ्याङक मध्ये लुम्बिनीे प्रदेश धान उत्पादनमा पहिलो स्थानमा रहेको उल्लेख गरे ।
पोखरेलले बिज्ञप्ती जारी गर्दै धानको व्यवसायिकरणको माध्यमबाट रोजगारीको श्रृजना एंव धान चामल निर्यात गर्ने रणनीतिका साथ प्रदेश सरकार योजनाबद्ध रुपमा अघि बढिरहेको बताउदै त्यसका लागि खेतीयोग्य भूभागमा सिंचाईको उपलब्धता बढाउँदै जाने, उन्नत जातका बीउबिजन र मलखाद किसानलाई सहज उपलब्ध गराउने एंव यान्त्रिकरणमा जोड दिएर उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे।
धान निर्यातको सुनौलो इतिहास बोकेको मुलुकले अहिले चामल आयात गरिरहेको बताउदै मुख्यमन्त्री पोखरेलले आयातलाई प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउनुपर्ने आवश्यकता औल्याउँदै धानको उत्पादकत्व र उत्पादन वृद्धि गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सबैको सार्थक सक्रियताका लागि अपील समेत गरेका छन ।
पोखरेलले कोभिड—१९ महामारीले अर्थतन्त्रमा परेको नकारात्मक असरलाई न्युनिकरण गर्न कृषि उत्पादन वृद्धिबाट संभव रहेको बताउदै धान उत्पादनमा वृद्धि स् खाद्यसुरक्षा,आत्मनिर्भरता र समृद्धिको नाराका साथ मनाउन लागिएकोे धान दिवसलाई भव्य रुपमा मनाउन आग्रह गरेका छन ।
शुभकामना सन्देश
