Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

चेक रिपब्लिक र बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा


  • लुम्बिनी चिन्तन
  • आषाढ १४, २०७८ सोमवार
  • 1.5K
    SHARES

चेक रिपब्लिक र बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा

चेक रिपब्लिक नेदरल्याण्ड्सलाई हराउँदै युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । हङ्गेरीमा गएराति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो  । चेक रिपब्लिकका टोमस होल्स र प्याट्रिक सिकले एकरएक गोल गरे ।

खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा समेटिएको थियो । चेक रिपब्लिकका टोमसले खेलको ६८ औं मिनेटमा र सिकले ८० औं मिनेटमा गोल गरे । क्वार्टर फाइनलमा चेक रिपब्लिकले डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई हराएर क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ ।

साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

स्पेनमा गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो । खेलको ४२ औं मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक भयो । यससँगै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वार्टर फाइनलमा इटलीसँग खेल्नेछ ।

अस्ट्रियालाई हराउँदै इटली यसअघि नै अन्तिम आठमा पुगिसकेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार