Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

अस्ट्रियालाई हराउँदै इटली, वेल्सलाई हराउँदै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा


  • लुम्बिनी चिन्तन
  • आषाढ १३, २०७८ आइतवार
  • 1.6K
    SHARES

अस्ट्रियालाई हराउँदै इटली, वेल्सलाई हराउँदै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा

अस्ट्रियालाई हराउँदै इटली र वेल्सलाई हराउँदै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा  प्रवेश गरेको छ । इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा गएराति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली अन्तिम आठमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एकरएक गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

यो जितसँगै इटलीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । इटलीले क्वार्टर फाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ । समूह चरणमा इटलीले ३ खेलमा ९ अङ्क जोडेको थियो । समूह चरणमा अस्ट्रियाले ३ खेलमा ६ अङ्क जोडेको थियो ।

त्यस्तै डेनमार्क युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोलले हराउँदै डेनमार्क अन्तिम आठमा पुगेको हो । डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एकरएक गोल गरे ।

डोलवर्गले खेलको २७ औं मिनेटमा पहिलो र दोस्रो हाफको सुरुवातमै दोस्रो गोल गरेका थिए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । यो जितसँगै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।

डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।


लुम्बिनी चिन्तन

थप समाचार