Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो पेट्रोल प्रतिलिटर १ सय २७ र डिजेल १ सय १०


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०७८ बिहिवार
  • 634
    SHARES

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो पेट्रोल प्रतिलिटर १ सय २७ र डिजेल १ सय १०

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले गयराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले बढाएको हो ।

मूल्य बढेपछि काठमाण्डौ उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय १० रुपैयाँ र आन्तरिक हवाई इन्धन ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । २०७१ मा स्वचालित मूल्य प्रणाली लागू गरेर लगातार ६ वर्ष नाफा कमाएको निगम पुनः घाटामा जान लागेको हो ।

noc_h7zzRhNTmv.jpg

 


लुम्बिनी चिन्तन

थप समाचार