कपिलवस्तु । कोरोना संक्रमणको चेनब्रेक गर्न कपिलवस्तुमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।
थप केही खुकुलो पार्दै कपिलवस्तुमा यो सातौंपटक समयावधि बढाउँदै असार ८ देखि असार १४ गते सम्मका लागि निषेधाज्ञा थपिएको हो। जिल्लामा गत वैशाख २१ गते देखि निषेधाज्ञा जारी रहेको छ । प्रजिअ चक्रपाणि पाण्डेयले कोरोना भाइरसको दोश्रो भेरिन्टको चेन रोक्नका लागि थप केही खुकुलो पार्दै फेरि एक साताका लागि निषेधाज्ञा थपिएको बताए।
निषेधाज्ञा १४ गते राति १२ बजे सम्म जारी रहने छ। निषेधाज्ञामा अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताए। स्वास्थ्यका मापदण्ड अपनाइ खाद्यान्न तथा अन्य सरसामान किनमेलका लागि दैनिक ९ बजे देखि १ बजे सम्म थियो भने अब देखि दैनिक विहान ९ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ। कोभिड( १९ संकट व्यवस्थापन अध्यादेश २०७८ पारित भइसकेकाले निषेधाज्ञा पालन नगर्नेमाथि कारबाही गरिने उनले बताए।
किसानहरुको धान खेती सिजनलार्ई मध्यनजर गर्दै प्रशासन कार्यालयले निषेधाज्ञामा एग्रोभेट बिउबिजन पसलहरु अत्यावश्यकीय कार्यको सुचीमा राखेकोले अब देखि लकडाउनमा समेत चौबिसै घन्टा एग्रोभेट र बिउबिजन पसल संचालन गर्न दिईने निर्णय भएको प्रजिअ चक्रपाणी पाण्डेयले जानकारी दिनु भएको छ ।
असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप भएको र बिस्तारै थप खुकुलो पार्दै जाने बताइएको छ । जिल्ला भित्र अटोरिक्सा बाहेक अन्य सार्बजनिक यात्रुवाहक सवारी साधन संचालन गर्न पाईने छैन, कुनै पनि मेला, हाटबजार, महोत्सव, जात्रा संचालन गर्न, गोष्ठि, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल , स्वीमीङ् पुल, जिमखाना, समुहमा खेल्ने खेलकुद, संग्रालय आदी संचालन गर्न पाईने छैन ।
यसैगरी चिया पसल, खाजा घर, होटल, रेष्टुरेन्ट, पान पसल, शैलुन र ब्युटीपार्लर संचालन गर्न नपाईने तर कोल्ड ड्रिंक्सरमदिरा पसल ९खरिद गरी लैजान मात्र० होटल तथा रेष्टुरेन्टले बिहान ९ बजेदेखि बेलुका ५ बजे सम्म टेक अवे र होम डेलीभरी मात्र उपलब्ध गराउन सक्नेछन ।
सबै सरकारी कार्यालय निकाय तथा संस्थाहरु खुला गरी कार्यालयको आन्तरिक कार्य, भुमिसुधार, नापी तथा मालपोत कार्यालय प्रवाह हुने सेवा मध्य बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाका धितो बन्धक रोक्कारफुकुवा कार्य मात्र सन्चालन गर्ने र अभिलेख ब्यबस्थापन लगाएतका कार्यहरु गर्ने । बैंक तथा बित्तिय संस्थाहरु पूर्णरुपमा संचालनमा आउने गरि निर्णय भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । सबै कार्यलय खुल्ने भएता पनि आन्तरिक काम मात्र हुने छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यसअघि लगाएको निषेधाज्ञालाई असार ७ गते राति १२ बजे सकिदै थियो ।