भैरहवा । रुपन्देहीमा आइतबार २२जना नयाँ संक्रमित थपिएका छन । जिल्ला भरीका २९३ जनाको आररटीपसिीआरबाट परिक्षण गर्दा ७ दशमलव ५ प्रतिशत अर्थात २२ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ८७ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ५ वटा पालिकाका १० महिला र १२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार तिलोत्तमा नगरपालिकामा ८ महिला र ७ पुरुष गरी १५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बुटवल उपमहानगरपालिकामा ३ जना, सैनमैना नगरपालिकमा २ जना, मायादेवी र रोहिणीमा १–१ जना जना नयाँ संक्रमित थपिएका हुन् ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ, सो मृतकसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७८ पुगेको छ । हाल सम्म २७ हजार ८ सय ८० जना संक्रमित जिल्लाभरि देखिएकोमा २७ हजार १५ जना निको भइसकेका छन ।
यस्तै सक्रिय संक्रमित ३सय ८७ जना मध्ये ८३ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ३ सय ४ जना होम आइशोलशनमा रहेका छन । समग्रमा संक्रमित मध्ये ९७ प्रतिशत निको भएका, १ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने २ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।