भैरहवा । रुपन्देहीको भैरहवामा अवस्थित युनिभर्सल मेडिहल कलेज सहित लुम्बिनी प्रदेशका ३ वटा निजी अस्पतालले गरेको पिसिआर रिपोर्टलाई सरकारले विदेश भ्रमणका मान्यता दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र केही पनजी अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिने भएको हो । जस्मा लुम्बिनी प्रदेशका ३ वटा अस्पताल युिनभर्सल मेडिकल कलेज भैरहवा, नेपालगञ्ज मेडिकल कलेज नेपालगंज र लुम्बिनी मेडिकल कलेज पाल्पा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै नेपालका अन्य १९ निजी अस्तालको रिर्पोटलाई पनि सराकारले मान्यता दिएको छ जस्मा ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज रहेका छन् ।
यस्तै, नेशनल मेडिकल कलेज, मनमोहन मेमोरियल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरले पनि मान्यता पाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पिसिआर परिक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको जानकारी दिए । सहप्रवक्ता अधिकारीले प्रक्रिया पु¥याएका अरु निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने बताए ।