Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीका ९६ प्रतिशत संक्रमित निको भए, ५ सय ४५ सक्रिय संक्रमित


  • लुम्बिनी चिन्तन
  • आषाढ ३, २०७८ बिहिवार
  • 842
    SHARES

रुपन्देहीका ९६ प्रतिशत संक्रमित निको भए, ५ सय ४५ सक्रिय संक्रमित

भैरहवा । रुपन्देहीमा सक्रिय संक्रमीतको संख्या ५ सय ४५ पुगेको छ । संक्रमण भई निको हुनेको संख्या दिनानुदिन बढेकोले सक्रिय संक्रमितको संख्यामा गिरावट आएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार दुई हप्ता अघिसम्म दुई हजारभन्दा धेरै रहेका सक्रिय संक्रमितको संख्या लगातार घटिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा दैनिक थपिने संक्रमितको संख्या पनि घट्दो छ । 

पछिल्लो २४ घण्टामा जिल्लामा १९ जना मात्र संक्रमित थपिएका छन् । एक सय ५१ जनाको आरटी पीसीआर परिक्षण गर्दा १९ जनामा पोजिटिभ देखिएको जुन १२ प्रतिशत हो । हिजो बुधबार जिल्लमा २२ जना संक्रमित देखिएका थिए, पछिल्लो १० दिनमा जिल्लामा थपिने संक्रमितको संख्या प्रतिदिन एक सय भन्दा थोरै छ ।

आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढि तिलोत्तमामा ६ महिला र ४ पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बुटवलमा ५ जना, सैनमैनामा २ जना, सिद्धार्थनगर र कंचामा १–१ जना नयाँ संक्रमित थपिएका छन । 

कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको ज्यान गर्एको छैन । दोस्रो महामारी सुरु भएपछि कोही संक्रमितले ज्यान नगुमाएको यो दोस्रो पटक हो । 

अब जिल्लामा कुल संक्रमित मध्ये दुई प्रतिशतमात्रै सक्रिय संक्रमित रहेको र त्यती नै जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । संक्रमित मध्ये ९६ प्रतिशतले कोरोना जितिसकेका छन । 

हाल सम्म २७ हजार ८ सय २८ जना संक्रमित जिल्लाभरि देखिएकोमा २६ हजार ८ सय ८ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ५ सय ४५ जना मध्ये ९५ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन भने ४५० जना होम आइशोलेशनमा छन । 


लुम्बिनी चिन्तन

थप समाचार