Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीको छिपागढमा अक्सिजन प्लान्टको प्रधानमन्त्रीद्वारा शिलान्यास

१ अर्बको लगानी, दश महिनामा संचालनमा आउने


  • लुम्बिनी चिन्तन
  • जेठ ३०, २०७८ आइतवार
  • 606
    SHARES

रुपन्देहीको छिपागढमा अक्सिजन प्लान्टको प्रधानमन्त्रीद्वारा शिलान्यास

भैरहवा । रुपन्देहीको छिपागढ सेमरहवामा तरल (लिक्वीड) अक्सिजन प्लान्टको शिलान्यास भएको छ । 
देश कै पहिलो लिक्विड अक्सिजन प्लान्टको रुपमा शंकर ग्यास उद्योगको उक्त प्लान्ट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन । 

शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा नीजि क्षेत्रलाई समेत  सहभागिता गराउँदै महामारीको यो संकट पार गर्ने बताए । एक्कासी अक्सिीजनको माग बढेकाले देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका काम समेत गरिएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुृट लगायतका सहयोग गर्न सरकार तयार रहेको बताउदै आगामी दिनमा कोभिड–१९ को महामारी हटिसके पछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्न सक्ने बताउँदै प्रधानमन्त्री ओलीले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने समेत बताए । प्रधानमन्त्री ओलीले दोस्रो लहर उचाइमा चढिरहेका बेला तरल अक्सिजन प्लान्ट राख्ने उद्योगी शङ्कर अग्रवालको प्रयास सराहनीय एवं देशप्रति उत्तरदायी भावनायुक्त भएको बताए ।

प्लान्टको शिलान्यास कार्यक्रममा बोल्दै लुम्बिनी प्रदशेका स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठले प्रदेशको मात्र नभई देशमा भइरहेको अक्सिजनको मागलाई परिपूर्ति गर्ने बताए ।

उक्त प्लान्टले दैनिक ६० टन लिक्विड अक्सिजन र दश टन लिक्विड नाइट्रोजन उत्पादन गर्ने उद्योगका म्यानेजर सम्भु भण्डारीले बताए । करिब एक अर्वको लगानीमा निर्माण गर्न लागिएको उक्त अक्सिजन प्लान्टका उपकरणहरु भारत र चिनबाट आउने पक्रियामा छ, हामीले युद्ध स्तरमा काम गरेर प्लान्टलाई १० महिनामा संचालनमा ल्याउने म्यानेजर भण्डारीले बताए ।

प्लान्ट संचालनका लागि मुख्यता ५ मेगावाट विधुत्त चाहिने हुदा सो को आपूर्तिका लागि विधुत प्राधिकरणले आश्वासन दिएको छ, प्लान्ट उद्योगबाट उत्पदित ग्यास देश भित्र खपत गर्ने र नेपालमा खपत नभएको खण्डमा भारत तर्फ पनि निर्यात गर्ने उनले जानकारी दिए । 

प्लान्टकाे शिलान्यास हुनु अगावै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले अाइतबार बिहान उद्याेगकाे अवलाेकन गरेका थिए ।  अवलाेकनकाे क्रममा उद्याेगकाे उत्पादनले लुम्बिनी प्रदेशमा अव अक्सिजनकाे कमि नहुने बताए । लुम्बिनी प्रदेशमा मात्रै होइन देश भर नै अक्सिजन सप्लाई गर्न सक्ने गरी अक्सिजन उद्योगको स्थापना हुन लागेको खुशीकाे कुरा रहेकाे मुख्यमन्त्री पाेखरेलले भने ।


लुम्बिनी चिन्तन

थप समाचार