Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिटी हस्पिटलमा सिटी स्क्यान सेवा सञ्चालनमा


  • लुम्बिनी चिन्तन
  • जेठ २५, २०७८ मंगलवार
  • 1.7K
    SHARES

सिटी हस्पिटलमा सिटी स्क्यान सेवा सञ्चालनमा

भैरहवा । लुम्बिनीरोडस्थित सिद्धार्थनगर सिटी हस्पिटलले सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले अत्याधुनिक ६४ स्लाइसको सिटी स्क्यान सेवा मंगलबार उद्घाटन गरी सुचारू गरेकाे हाे ।

बिरामीहरुलाई सहज र सुलभताका लागि अस्पतालकाे नवनिर्मित भवनमा यस्ताे विषम परिस्थितका बावजुद सेवा सुभारम्भ गरिएकाे अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

सिटी स्क्यान सेवाको मंगलबार मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले उद्घाटन गर्दै मायादेवी गाँउपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले अस्पताललाई सहयोग गर्न गाउँपालिका तयार रहेको बताए । सिद्धार्थनगर सिटी हस्पिटल प्रा।लि।ले बिरामीहरुलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको अनभुति भएको बताउदै  लुम्बिनीरोडसंगै जोडिएको अस्पताल जाने सडक निर्माणको लागि आगामी वर्षको बजेटमा रकम बिनियोजन गर्ने बताए ।

हस्पिटलका अध्यक्ष डा. सुवोध पाण्डेले अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरुको मिहिनेत र लगनशिलताका कारण आफू खुशी भएको बताए । उनले अस्पतालको लागि करिब एकरडेढ वर्ष चुनौती रहेको र चुनौती पार गर्दै जानुपर्ने र त्यसपछि स्थिर हुने बताए । 

हस्पिटलका निर्देशक डा। अमित चतुर्वेदीले अस्पतालको स्थापना भएसंगै अब मायादेवी गाउँपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट गाउँपालिका बन्ने विश्वास व्यक्त गरे । उनले अस्पतालमा सिटी स्क्यान सेवा अघि विभिन्न सेवा सुरु भइसकेको बताए । अन्य विभिन्न सेवा सुरु गर्ने योजना भए पनि कोभिड–१९ र निषेधाज्ञाका कारण सम्पूर्ण सामान र जनशक्तिको उपलब्धता नहुने भएका कारणले सुचारु गर्न नसकिएको डा। चतुर्वेदीले बताए । उनले सिटी स्क्यान सेवाले छिटो रिपोर्ट दिने भएकाले बिरामीको उपचार पनि छिटोछरितो गर्न सकिने बताए । अस्पतालका मानव संसाधन प्रबन्धक विद्या गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार