Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीमा आइतबार ३सय २ जना संक्रमण मुक्त, ४९ जना थपिए


  • लुम्बिनी चिन्तन
  • जेठ २३, २०७८ आइतवार
  • 2.2K
    SHARES

रुपन्देहीमा आइतबार ३सय २ जना संक्रमण मुक्त, ४९ जना थपिए

भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय ६१ जनाको पिसिआर परिक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा परिक्षण गर्नेका संख्यामा कमि सँगै संक्रमण संक्रमण दरमा पनि कमि आएको छ । आज मात्रै ३ सय २ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । पछिल्लो २४ घण्टामा जिल्लाका ८ वटा पालिकामा २१ महिला र २८ पुरुषमा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार पछिल्लो २४ घण्टामा जिल्ला भर ३ जनाको मृत्यु भएको छ । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढि तिलोत्तमा नगरपालिकामा ६ महिला र ६ पुरुष गरी १२ जनामा संक्रमण देखिएको छ । त्यसतै बुटवलमा ९, सिद्धार्थनगरमा ८, देवदहमा ४, सैनामैनामा ७ जना रहेका छन । 

यस्तै रोहिणी गाँउपालिकामा ४, सुद्धोधनमा ३ र सियारी मा एक जनामा संक्रमण पुष्टि भएको छ । कार्यालयका अनुसार हाल सम्म २७ हजार ८३ जना संक्रमित जिल्लाभरि देखिएकोमा २५ हजार ४ सय ७२ जना निको भइसकेका छन ।

यस्तै सक्रिय संक्रमित १ हजार १ सय ६१ जना मध्ये १८० जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ९ सय ८१ जना होम आइशोलशनमा रहेका छन । समग्रमा संक्रमित मध्ये ९३ प्रतिशत निको भएका, ५ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने २ प्रतिशत संक्रमितको मात्रै मृत्यु भएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार