भैरहवा । गंभिर प्रकृतीका बिरामीहरुको उपचारका लागी आबस्यक पर्ने आईसियु, सिसियु बेडहरुको अभाव रुपन्देहीमा श्रृजना भएको छ । कोरोना संक्रमणको पछि लाग्दा गंभिर प्रकृतीका बिरामीहरुको उपचारका लागी आवश्यक पर्ने बेड अभाव भएको मेडिकल कलेज रानिगांउ भैरहवाका जनसम्पर्क अधिकृत शुसिल गुरुङले बताए ।
जिल्लामा सरकारी र निजी अस्पतालहरु भएतापनि दुर्घटना , पक्षघात लगायत गंभिर प्रकृतीका बिरामीहरु उपचारका लागी आबस्यक आईसियु, मुटुका बिरामीहरुको उपचार गर्ने सिसियु र टाउकाको अप्रेसन पछि राखिने सर्जिकल आईसियु बेडको अभाव भएको गुरुङले बताए ।
युनिभर्षल मेडिकल कलेज रानी गांउ संग ननकोबिड बिरामीहरुका लागी २० बेडको आईसियु, २० बेडको सिसियु, १० बेडको सर्जिकल आईसियु र ४० बेड एसि डिलक्स बेडहरु छन् । कोरोना नेगेटिभ आएपछि गंभिर प्रकृतीका निमोनियाका बिरामीहरु राख्ने अन्य कोबिड आस्पतालहरुमा बेडको ब्यावस्था नहुदा बिरामीहरु मेडिकल कलेज पुग्ने गरेका छन् ।
सरकारले कोरोनाको उपचार भनेको छ उपचारका क्रममा कोरोना नेगेटिभ आएपछि गंभिर निमोनियाका बिरामीहरुको थप उपचार गर्नका लागी बेडको ब्यावस्था गर्न सरकार चुकेको छ गुरुङले भने । कोबिड अस्पतालहरुले बिरामीको रिर्पोट नेगेटिभ आउने बितिकै डिस्र्चाज गरिदिनाले निमोनियाका बिरामीहरु मेडिकल कलेजमा बढेको उनले बताए ।
अस्पताल आएका कोरोनाका बिरामीहरु ५ देखी दश दिनमा कोरोना नेगेटिभ देखीन्छ अनि कोबिड अस्पतालहरुले तिनीहरुलाई डिस्र्चाज गर्दछ तर बिरामीमा देखीएको निमोनियाको थप उपचार गर्न अस्पतालमा बेड अभाव छ । निमोनियाका बिरामीहरु एक महिना सम्म अस्पताल बनुपर्दा बेड होल्ड हुने गरेको गुरुङले बताए ।
बुटवलमा सरकारी प्रादेशिक अस्पताल र भैरहवामा भिम अस्पताल भएपनि कोरोना नेगेटिभ आएपछि गंभिर निमोनियाको उपचारका लागी आईसियु बेड छैन । निजी अस्पताल क्रिमशन अस्पताल , देवदह मेडिकल कलेज , गौतमबुद्ध मुटु अस्पताल लगायत अस्पतालहरुमा पनि प्रयाप्त मात्रामा आईसियु , सिसियु र सरजिकल आईसियु बेड छैन ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक राजेन्द्र गिरिले कोरोना नेगेटिभ पछि गंभिर निमोनिया देखीएका बिरामीहरुको उपचारका आबस्यक आईसियु र भेन्टीलेटर बेडहरुको आबस्यकता रहेको बताए । जिल्लामा त्यसको ब्यावस्थापनका लागी पहल गर्ने उनले बताए ।