Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीमा ७६ संक्रमित थपिदा २०१ निको भए


  • लुम्बिनी चिन्तन
  • जेठ २१, २०७८ शुक्रवार
  • 2.3K
    SHARES

रुपन्देहीमा  ७६ संक्रमित थपिदा २०१ निको भए

भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टामा  ७६ जनामा संक्रमण पुष्टि भएको छ । बिभिन्न प्रयोगशालमा गरिएकाे ६६१ नमुनाको पीसीआर परीक्षणकाे ११ दशमलव ५० प्रतिशतमा संक्रमण देखिएकाे हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा २०१ जना कोरोनाबाट मुक्त भएका छन ।  पछिल्लो २ दिन ३ अंकमा चढेको रुपन्देहीको कोरोना ग्राफ आज फेरि २ अंकमा झरेको छ ।

आज थपिएका संक्रमित मध्ये सबै भन्दा धेरै सिद्धार्थनगर नगरपालिकामा १४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा १३/१३ जना, सैनामैना नगरपालिकामा १० जना, देवदह नगरपालिकामा ८ जना, ओमसतिया गाउँपालिकामा ६ जना, कञ्जन गाउँपालिकामा ३ जना, सियारी गाउँपालिका र रोहिणी गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ९५६ पुगेको छ । जसमध्ये २४ हजार ९३८ जना निको भएका छन । हाल जिल्लामा १ हजार ५७२ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।  कार्यालयका अनुसार यस अवधीमा जिल्लामा ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार