Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

पछिल्लाे २४ घण्टामा १४७ संक्रमित थपिए


  • लुम्बिनी चिन्तन
  • जेठ २०, २०७८ बिहिवार
  • 1.2K
    SHARES

पछिल्लाे २४ घण्टामा १४७ संक्रमित थपिए

भैैैैैैैैैैरहवा । तीन दिनयता रुपन्देहीमा फेरि कोरोना संक्रमण बढिरहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ । तथ्याङ्क अनुसार मंगलबार ५० जनामा देखिएको संक्रमण बुधबार एक सय तीन जना हुँदै विहीबारसम्म आइपुग्दा एक सय ४७ पुगेको हो । 

जिल्ला स्वास्थ्य कार्यालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा एक सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा चार सय १९ जनामा परिक्षण गरिएको थियो ।  

त्यस्तै पछिल्लो २४ घण्टामा एक सय सात जना निको भएको छ भने एक जना संक्रमितको ज्यान गएको छ । 

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार सात सय पुगेको छ । हालसम्म जिल्लामा चार सय ४३ जना संक्रमितले ज्यान गुमाएका छन् । 

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमध्ये बुटवलका ३५, तिलोत्तमाका ५२, सिद्धार्थ नगरका १६, सैनामैनाका १२, देवदहका ९ र लुम्बिनी साँस्कृतिकका दुई जना रहेका छन् ।  त्यस्तै सियारीमा तीन, गैडहवामा एक, मायादेवीमा तीन, ओमसतियामा ६, कञ्चनमा पाँच, रोहिणीमा एक र शुद्धोधनमा दुई जना संक्रमित थपिएका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार