Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बजेट कार्यान्वयन गरेर देखाउछु : अर्थमन्त्री पौडेल


  • लुम्बिनी चिन्तन
  • जेठ १६, २०७८ आइतवार
  • 1.8K
    SHARES

बजेट कार्यान्वयन गरेर देखाउछु : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री  विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन ।

'बजेट सुनाउनका लागि होइन । कार्यान्वयनका लागि ल्याइएको हो । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने -'बजेटप्रति जवाफदेही छौं ।'

अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा नभएका बेला संवैधानिक प्रावधान अनुसार बजेट प्रस्तुत गरेको उल्लेख गर्दै त्यसमा दुविधा नराख्न आग्रह गरे । उनले कुनै ठाउँमा बसेर केही नेताले बक्तव्य दिँदैमा सरकारको बैधानिकता खण्डित नहुने बताए ।

अर्थमन्त्री पौडेलले संविधान अनुसार ल्याउनै पर्ने भएर जेठ १५ गते बजेट ल्याएको भन्दै मतदाता प्रभावित गर्नका लागि बजेट नल्याएको स्पष्ट पारे ।

IMG_5010.jpg

कोभिड-१९ ले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने गरी बजेट आएको भन्दै उनले  समयमा खोप ल्यायो भन्ने गरी काम गर्ने बताए  । अर्थमन्त्री पौडेलले बजेटको कार्यान्वयनका लागि व्यवस्थित योजना बनाएर अघि बढने जानकारी दिए ।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका साथै खोपको व्यवस्था गरेपछि आर्थिक पुनर्उत्थान हुने विश्वासकासाथ बजेट आएको बताए ।

 

राजस्व सचिव रामशरण पुडासैनीले नयाँ कर लगाएको नभइ कानून बमोजिम सामान्य समायोजन गरेको बताउनुभयो ।


लुम्बिनी चिन्तन

थप समाचार