Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रहेनन पत्रकार हिक्मत चौधरी


  • लुम्बिनी चिन्तन
  • जेठ ५, २०७८ बुधवार
  • 3.2K
    SHARES

रहेनन पत्रकार हिक्मत चौधरी

भैरहवा । कोरोना संक्रमित रुपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ । कोरोना संक्रमण पछि बैशाख २२ गते तिलोत्तमाको आइसोलेशनमा भर्ना भएको तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राम निवासी चौधरीको ६१ वर्षको उमेरमा अाज निधन भएको हो ।
आइसोलशनमा रहँदा स्वास्थ्यमा थप समस्या भएपछि उनलाई बुटवलको धागो कारखानामा रहेको कोरोना अस्पतालको एचडियूू, आइसियूू बेड हुँदै भेन्टिलेटरसम्मको उपचार गरिएको थियो । उपचारकै क्रममा उनको बुधबार बिहान सवा ३ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।  

स्वर्गीय चौधरीका श्रीमती २ छोरा र ४ छोरी छन । रेडियो लुम्बिनीमा कार्यरत चौधरीको निधन प्रति नेपाल पत्रकार महासंघ रुपन्देही तथा पत्रकार सम्वद्ध संघसंस्थाहरुले दुःख व्यक्त गरेका छन् ।पत्रकार चौधरी सहित गय राती रुपन्देहीमा कोरोनाबाट ७ जनाले ज्यान गुमाएका छन् ।

बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ४ जना र भैरहवा स्थित भिम अस्पतालमा ३ जनाको मृत्यु हो । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुनेमा चौधरी सहित तिनाउ ६ पाल्पाकी ६० वर्षिया महिला, बुटवल १३ का ५२ वर्षिय पुरुष, बुटवल ७ का ६० वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै भैरहवाको भिम अस्पतालमा ओमसतिया रुपन्देहीका ५७ वर्षिय पुरुष, परासी ६ का ४६ वर्षिय पुरुष, लुम्बिनी साँस्कृतिक नगरपालिकाका ४५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार