Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीमा मंगलबार ७७८ जना संक्रमण मुक्त, ३६१ जना थपिए


  • लुम्बिनी चिन्तन
  • जेठ ४, २०७८ मंगलवार
  • 888
    SHARES

रुपन्देहीमा मंगलबार ७७८ जना संक्रमण मुक्त, ३६१ जना थपिए

भैरहवा । रुपन्देहीमा मंगलबार ७ सय ७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । हटस्पट जिल्लाको रुपमा रहेको रुपन्देहीमा दैनिक संक्रमणको दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै जिल्लाका १३ वटा पालिकामा ३ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 

कार्यालयले दिएको तथ्याङक अनुसार ८ सय ८८ जनाको पिसिआर परिक्षण गर्दा १८९ महिला १७२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै जिल्लामा ५ जना संक्रमितसँगै हाल सम्म कुल ३६७ जनाको मृत्यु भएको छ । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बुटवलमा १४१ जनामा संक्रमण देखिएको छ, त्यसतै तिलोत्तमामा १०३ जना, सिद्धार्थनगरमा ३६ जना, देवदहमा ३३ जना, सुद्धोधनमा ५ जना र सैनामैनामा २२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरि ओमसतियामा ९ जना, सियारीमा ५ जना, कञ्चनमा र  गैडहवामा २, रोहिणी, कोटहीमाई र मायादेवी गाँउपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीको मर्चवारी, सम्मरीमाई र लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने आज संक्रमित थपिएका छैनन । 

कार्यालयका अनुसार हाल सम्म २३ हजार ६ सय ५३ जना संक्रमित जिल्लाभरि देखिएकोमा १७ हजार ४३ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ६ हजार २ सय ४३ जना मध्ये ३५२ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ५ हजार ८ सय ९१  जना होम आइशोलशनमा रहेका छन । 


लुम्बिनी चिन्तन

थप समाचार