Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सङ्कटकाल लगाउनेबारे छलफल, नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न प्रधानमन्त्रीको निर्देशन


  • लुम्बिनी चिन्तन
  • जेठ २, २०७८ आइतवार
  • 684
    SHARES

सङ्कटकाल लगाउनेबारे छलफल, नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिएका छन । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको आइतवार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन नदिन निर्देशन दिएका हुन । उनले झन्झटिला प्रक्रिया छोट्याएर, कानुन मिलाएर, प्रक्रिया मिलाएर भए पनि हर हालतमा नागरिकको जीवन रक्षामा जुट्न निर्देशन दिएकाे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकमा प्रधानमन्त्रीले दिएको निर्देशन उदृत गर्दै मन्त्री ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जान हुँदैन भन्नुभएको छ । प्रक्रिया झन्झटिला छन् भने छोट्याएर, हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ त्यो गर्नुहोस् र त्यसका लागि आवश्यक कानुन मिलाउनुपर्ने भए कानुन मिलाउनुहोस्, प्रक्रिया मिलाउनु पर्ने भए प्रक्रिया मिलाउनुहोस्, र्‍यापिड रेस्पोन्स टिम बनाउनुहोस् तर हर हालतमा नागरिकको जीवन रक्षा हुनुपर्‍यो उनले भने ।’ 

बैठकमा कोभिड १९ सङ्क्रमणको महामारीसँग प्रभावकारी ढङ्गले लड्नका लागि स्वास्थ्य सङ्कटकाल लगाउनेबारे पनि छलफल भएको जानकारी दिए । तर स्वास्थ्य सङ्कटकाल लगाउनका लागि विद्यमान सङ्क्रामक ऐन २०२० स्वास्थ्य प्रणालीको संरचना तथा सार्वजनिक खरिद ऐनमा भएका प्रक्रियाले समस्या पारेकाले अनुकूल कानुन बनाउने विषयमा सरोकारवाला मन्त्रालयसँग पनि छलफल गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

उनले तत्काल देखिएको अक्सिजन आपूर्तिको समस्या समाधानका लागि उद्योगीलाई डिमान्ड चार्ज  लगायतका छुट दिएर उत्पादन वृद्धि गर्ने विषयमा पनि बैठकमा छलफल भएको जानकारी दिए । मन्त्री ज्ञवालीले लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने र ल्याउनका लागि आवश्यक ट्याङ्करको प्रबन्ध गरिने बताए ।

यस्तै उद्योगीले सबै सिलिन्डर स्वास्थ्य निकायलाई बुझाएकाले बिस्तारै सिलिन्डर अभावको समस्यामा कमी आउँदै गएको तथा चीन र ओमानबाट आउँदै गरेका र निजी क्षेत्रले मगाएको सिलिन्डर भित्रिएपछि सिलिन्डर अभावको समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले सरकारको तयारी भन्दा रोगको प्रकृति र आक्रामकता पनि उच्च भएकाले गएको दुई हप्ता निकै कठिन भएको बताए ।


लुम्बिनी चिन्तन

थप समाचार