बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार बिहान दुई र गएराति एक गरि तीन जना मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार दुई जनाको आकस्मिक कक्ष र एक जनाको बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पतालको आइसियु कक्षमा मृत्यु भएको हो।
नवलपरासी भूमहीका ४८ वर्षीय पुरुषको बुटवल कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचारका क्रममा आइतबार बिहान १२स्४० बजे मृत्यु भएको हो। बैशाख २४ गते कोरोना पुष्टि भएका ती पुरुष २६ गते अस्पतालमा भर्ना भएका थिए।
यसैगरि गुल्मी सत्यवती गाउँपालिका ५ निवासि ४५ वर्षीय पुरुषको आकस्मिक वार्डमा उपचारका क्रममा मृत्यु भएको हो। बैशाख २८ गते भर्ना भएका उनको बिहान ५ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
यसैगरि तिलोत्तमा ४ रुपन्देहीका ३६ वर्षीय पुरुषको आकस्मिक कक्षमा गएराती ९ः५५ बजे मृत्यु भएको डा. गौतमले बताए। श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल ल्याइएका उनको आकस्मिक कक्षमै मृत्यु भएको हो।