बैशाख महिनाभरमा चार लाख ९६ हजार नौ सय ८४ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै महिनामा मात्रै कोरोनाबाट एक हजार ६ सय आठ जनाले ज्यान गुमाएका छन् । बैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ जनाको ज्यान गएकोमा हिजो सम्ममा ज्यान गुमाउनेको सङ्ख्या चार हजार ६ सय ६९ पुगेको छ ।
यस्तै बैशाख महिनामा ४९ हजार ४७ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । बैशाख १ गते सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५६ जना रहेकामा अहिले बढेर एक लाख सात हजार तीन सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर एक हजार सात सय पाँच जना सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।