Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीमा बुधबार ४१९ जना संक्रमण मुक्त, ९०७ जना संक्रमित थपिए

मृतक १६ मध्ये ९ जनाको अक्सिजन नपाएर मृत्यु


  • लुम्बिनी चिन्तन
  • बैशाख २९, २०७८ बुधवार
  • 796
    SHARES

रुपन्देहीमा बुधबार ४१९ जना संक्रमण मुक्त, ९०७ जना संक्रमित थपिए

भैरहवा । रुपन्देहीमा विगत केही दिन देखि संक्रमण मुक्त हुनेको संख्या साढे ४ सयको हाराहारीमा रहेको छ । सोमबार ४५२ जना संक्रमण मुक्त भएकोमा आज बुधबार पनि ४१९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । निको हुनेको संख्यामा आज घिरावट आएपनि संक्रमितको संख्या भने अहिले सम्मकै सबै भन्दा बढि रहेको छ भने  मृत्यु हुनेको संख्या पनि आज अहिलेसम्मको उच्च छ । पछिल्लो २४ घण्टामा रुपन्देहीका एक पालिका बाहेक सबै पालिकामा संक्रमण पुष्टि भएको छ । जिल्लाभर आज मात्रै ९ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 
स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन केदारनाथ शाहका अनुसार जिल्लामा  पछिल्लो २४ घण्टामा जिल्लामा १६ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना भैरहवा क्षेत्रबाट र बाकी बुटवल क्षेत्रबाट रहेका छन । आज मात्रै ९ जना संक्रमितको मृत्यु अक्सिजन नपाएर भएको छ, कोभिड अस्पताल भिममा ४ जना र कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत ५ जना अक्सिजन नपाएर मृत्युवरण गरेका छन ।

185152351_292450575763041_7080547932256994730_n.jpg

त्यस्तै आज हाल सम्मकै बढि संक्रमित थपिएका छन जसमधये सबै भन्दा बढि बुटवलमा ३९५ जनामा संक्रमण देखिएको छ, त्यसतै तिलोत्तमामा १७४ जना, सिद्धार्थनगरमा १०२ जना, देवदहमा ८७ जना, सुद्धोधनमा १३ जना र सैनामैनामा ५९ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि लुम्बिनी सांस्कृतिक नगरमा २ जना, ओमसतियामा १४ जना, रोहिणीमा २१ जना, सियारीमा ५ जना, कञ्चनमा १३ जना, गैडहवामा ९   मर्चवारीमा १ जना,  मायादेवीमा ९ जना र  कोटहीमाईमा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीको सम्मरीमाई गाँउापलिकामा भने आज संक्रमित थपिएका छैनन ।  

कार्यालयका अनुसार हाल सम्म २० हजार ३७ जना संक्रमित जिल्लाभरि देखिएकोमा १२ हजार ७ सय २६ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ७ हजार २ जना मध्ये ३७६ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन, ६ हजार ६ सय २६ जना होम आइशोलशनमा रहेका छन । रुपन्देहीमा हाल सम्म ३०९ जना संक्रमितको ज्यान गएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार