Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मेडिकल कलेजमा मध्यरातमा अक्सिजन सकिएपछि भाैतारिदै कर्मचारी


  • लुम्बिनी चिन्तन
  • बैशाख २९, २०७८ बुधवार
  • 1.0K
    SHARES

मेडिकल कलेजमा मध्यरातमा अक्सिजन सकिएपछि  भाैतारिदै कर्मचारी

भैरहवा ।  १८० जना कोभिड सहित २२० जनाको उपचार गरिरहेको युनिभर्सल मेडिकल कलेजमा मंगलबार राती अक्सिजन सकिन लागेपछि रातरात कर्मचारी त्यस्को व्यवस्थापनकमा लगेका छन । चितवनबाट आउन लागेको अक्सिजन प्रशासनले जिल्ला बाहिर जान रोकिदिएपछि मंगलबार मध्यराति अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङ, प्रशासन प्रमुख तेज केसी, डाइरेक्टर अजय पि.एस., प्रमुख प्रशासकिय अधिकृत कमल ढकाल सहितको टिम जिल्ला प्रशासन कार्यालय आएर अक्सिजनको लागि गुहार माग्न आएका थिए ।

छटपटाउँदै, यताउता गर्दै थिए युनिभर्सल मेडिकल कलेजका सबै टिम । ‘अस्पतालमा दुई सय २० जना बिरामी छन्, अब उनीहरूलाई दुई घन्टालाई मात्र पुग्ने अक्सिजन छ । चितवन प्रशासनले अक्सिजनको गाडी रोकिदिएको छ, पहल गरेर खुलाइदिन आग्रह गर्न आएका हौँ, तर तीन घन्टा भयो, गेट खुलेको छैन, हामीले सिडिओ साबलाई केही भन्न पनि पाएनौँ,’ उनीहरू भन्दै थिए ।

सरकारले पर्याप्त मात्र अक्सिजन उपलब्ध गराउन नसकेको भन्दै सो अस्पतालले आइतबार नै विज्ञप्ति निकालेर नयाँ बिरामी भर्ना बन्द गरेको थियो । तर, अस्पतालमा भएका बिरामीको जीवन नै जोखिममा परेपछि राति नै भए पनि सिडिओसँग गुहार माग्न आएको उनीहरूले बताए । 
मध्यराति १२ बजे, रुपन्देही जिल्ला प्रशासन कार्यालयको गेट पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारीसँग अक्सिजनको व्यवस्थापन गरीदिन भनेर आएकोमा, कुनै प्रतिक्रिया नरहेपछि मध्यरातमा नै बैकल्पीक व्यवस्था गरी विरामीहरुको ज्यान बचाएको बताए ।

‘रुपन्देही प्रशासनले कोटा तोकिदिएको छ, त्यही पनि आपूर्ति छैन । त्यसैले हामीले गाडी चितवन पठाएका थियौँ । तर, त्यहाँका सिडिओले बाहिर जिल्ला दिन मिल्दैन भनेर गाडी रोकिदिनुभयो । त्यसैले हाम्रा सिडिओलाई गुहार माग्न आएका हौँ,’ अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले  भने । 

तर, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने उनीहरूलाई कुनै प्रतिक्रिया दिएका थिएनन् । ‘चितवनका प्रजिअसँग रुपन्देहीका प्रजिअले सहजीकरण गरिदिने आशासहित हामी दुई–तीन घन्टासम्म प्रशासन कार्यालयको गेटमा बस्यौँ,’ गुरुङले भने, ‘सिडिओ साबको फोन उठ्दै–उठेन, अंगरक्षकमार्फत खबर पनि पठायौँ, तर केही रेस्पोन्स आएन ।’

भित्रबाट केही खबर आएन, बरु उनीहरू त्यहाँ बस्दाबस्दै चितवनबाट गाडी हिँडेको भन्ने खबर आयो । तर, सो गाडी आउन तीन घन्टा लाग्ने अवस्था थियो । अस्पतालमा राति १ बजेसम्मका लागि मात्र अक्सिजन थियो । सिडिओ कार्यालय पुगेको टोली गेटमा बसिरहँदा अस्पतालकै अर्को टोली रुपन्देहीको छिपागढमा रहेको शंकर ग्यास उद्योगमा पुगेको थियो ।

‘चितवनको गाडी आउन्जेल बिरामी बचाउन शंकर ग्यास उद्योगसँग हारगुहार गरेर ४० सिलिन्डर भर्न खोजिरहेका छौँ,’ अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले उद्योग परिसरबाट मध्यरात १ बजेतिर भने, ‘यहाँबाट लैजान सकियो र समयमै चितवनको अक्सिजन आइपुग्यो भने आजको संकट टर्नेछ । उनीहरुको रात अक्सिजन व्यवस्थापन मै गयो तर यही अवस्था रहे कति दिन सम्म यस्तो काम गर्ने, प्रविधिक कुरामा केही गडबढी भएमा छिन भरमै कतिको ज्यान जान सक्छ, यस्मा सरोकारवाल निकाय र सरकार गम्भीर हुनु पर्छ । 


लुम्बिनी चिन्तन

थप समाचार