Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कोरोना संक्रमितको मृत्यु बढ्दै, कन्ट्याक्ट ट्रेसिङ नगन्य


  • लुम्बिनी चिन्तन
  • बैशाख २८, २०७८ मंगलवार
  • 632
    SHARES

कोरोना संक्रमितको मृत्यु बढ्दै, कन्ट्याक्ट ट्रेसिङ नगन्य

भैरहवा । कोभिड–१९ दोस्रो लहरको हटस्पट बनेको रुपन्देहीमा सोमबार मात्र ११ जना संक्रमितको मृत्यु भयो । यससँगै वैशाख महिनाका २७ दिनमा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२२ पुगेको छ ।

जबकी जेठ २०७७ देखि चैत अन्तिमसम्म रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १५७ मात्र थियो । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा। राजेन्द्र गिरीका अनुसार पछिल्लो तीन हप्तामा कोभिड–१९ संक्रमितसँगै मृतकको संख्या ह्वात्तै बढेको छ । वैशाखको पहिलो साता ४ जनाको मृत्यु भएको थियो भने दोस्रो साता थप १८ जनाको मृत्यु भयो । तेस्रो साता ४५ जनाको मृत्यु भयो भने त्यसपछिका ६ दिनमा ५९ जना संक्रमितको मृत्यु भयो ।

तीन हप्तामा कोरोनाका सक्रिय संक्रमितको संख्या पौने ४ सयबाट बढेर ६ हजार ४४० पुगेको छ, जसमध्ये ६ हजार ८८ जना संक्रमित होम आइसोलेसनमा छन् ।

Corona-test.jpg

यसपटक संक्रमितको मृत्यु दर बढ्नुको अर्को कारण कन्ट्याक्ट ट्रेसिङ एकदमै नगण्य हुनु रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी स्वीकार गर्छन् । वैशाख लागेसंगै नयाँ वर्ष विशेष कार्यक्रम, विवाह, विभिन्न कार्यहरु यही महिनामा धेरै भएको मान्छेको जमघट र भीडभाड बढेसंगै संक्रमण समुदायस्तरमा फैलिएको डा. गिरीले बताए ।

खोप आइसक्यो अब केही हुँदैन भनेर हेलचेक्र्याई बढेको उनको ठम्याइ छ । ‘खोप आइसक्यो अब केही हुन्न भनेर जमघट, भीडभाड रोकिएको छैन, कन्ट्याक्ट ट्रेसिङको पाटो पनि एकदमै नगण्य छ’ उनले भने,‘खोप सबैले लगाउन पाएका छैनन् भन्ने हेक्का राखेर कन्ट्याक्ट ट्रेसिङ बढाउनपर्छ ।’


लुम्बिनी चिन्तन

थप समाचार