Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

स्वतस्फुर्त बढ्दै मनकारी भैरहवाका व्यवसायी र संघसंस्था


  • लुम्बिनी चिन्तन
  • बैशाख २८, २०७८ मंगलवार
  • 940
    SHARES

स्वतस्फुर्त बढ्दै मनकारी भैरहवाका व्यवसायी र संघसंस्था

भैरहवा । कोरोना संक्रमण बढेसँगै उद्योगी व्यवसायीहरुका सहयोगी हातहरु पनि बढिरहेका छन । यस्तो विकराल स्थितिमा केहि हद सम्म सयोग पुराउने उद्देश्यले व्यवसायीहरु पनि स्वतस्फुर्त रुपमा आर्थिक, भौतिक र सामग्री सहयोग गरिरहेका छन ।

उद्योगी व्यवसायीहरुको साझा सस्ंथा उद्योग व्यापार संगठन रुपन्देहीले भैरहवा स्थित कोभिड अस्पताल भीमलाई २५ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । महामारीको समयमा अस्पतालमा विरामीहरुको सहजताका लागि र अभाव रहेको अक्सिजन सिलिण्डरमा केही भए पनि राहत प्रदान गर्ने हेतुले संघठनका अध्यक्ष नारायण भण्डारी सहितको टिमले उक्त आक्सीजन सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेका थिए । संगठनसँगै उद्योग वाणिज्य संघ रुपन्देहीले पनि २५ थान संयुक्त सिलिन्डर रुपमा प्रदान गरेको थियो । पछिल्लो समय कोभिड संक्रमण बढेसँगै अस्पतालमा आक्सिजन सिलिण्डरको माग बढेकोले अक्सिजनको कमिले कसैको ज्यान नजाओस भन्दै व्यवसयिक संस्थाद्वयले संयुक्त रुपमा अक्सिजन सिलिण्डर प्रदान गरेका हुन । 

2.jpg

संघ संस्था वा संगठनबाट सहयोग गरेपनि व्यक्तिगत रुपमा पनि उद्योगी व्यवसायीले सहयोग जारी राखेका छन । अस्पतालका कर्मचारी, डाक्टर, नर्स आदि लाई मेस चलाउन सहयोग होस भन्दै संगठनका अध्यक्ष नारायण भण्डारीले व्यक्तिगत रुपमा पनि तत्काललाई २५ हजार बराबरको खाद्यन्न सहयोग गरेका छन, त्यस्तै संगठनका महासचिव अनिल ज्ञवालीले पनि आफ्नो व्यापरिक प्रतिष्ठान नै अस्थायी रुपमा कोभिडका लागि प्रदान गर्ने घोसणा गरेका छन । कसरी हुन्छ महामारीलाई न्युनिकरण र रोकथाम गर्न उद्योगी व्यवसायीहरु कस्सिएका छन, सिद्धार्थनगर नगरपालिका–३ स्थित आँखा अस्पताल नजिकै रहेको ज्ञवालीको होटललाई कोरोना महामारीको विषम परिस्थितिमा सम्बन्धित निकायले अक्सिजन र प्राविधिकको व्यवस्था गरी आइसोलेशन बनाउन निःशुल्क उपलब्ध गराउने उनी बताउछन ।  

व्यवासयीहरुसँगै रुपन्देहीका सहकारीहरुले पनि सहयेगमा जुटेका छन, उनीहरूले पनि भिम अस्पताललाई फ्लोमिटर सहयोग गरे । यस क्षेत्रका सहकारी जनउत्थान सहकारी संस्था लिमिटेड कोटिहवा, दर्शन सहकारी संस्था लिमिटेड भैरहवा र किसान सहकारी भैरहवाले पनि संयुक्त रुपमा ५० थान फ्लोमिटर सहयोग गरे । जनउत्थानले ३०, दर्शनले १० र किसानले १० थान फ्लोमिटर सहयोग गरी हस्तान्तरण गरे । कोरोना विरुद्धको यस लडाईमा आम जनतालाई संस्थागत रुपमा सामाजिक सहयोग गर्ने उद्देश्यका साथ तीव्र संक्रमण फैलिरहेको रुपन्देहीमा संक्रमितले अकालमै ज्यान नगुमाओस भन्दै सहयोग गरे ।

यस्तै राजेश अगवालले सिमा क्षेत्रबाट नेपाल आउने नागरिकलाई माक्स, सेनेटाइजरको व्यवस्था, बोधी इन्ष्टिच्युट लुम्बिनीले भीम अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई खाद्यान्न सामग्री तथा स्वास्थ्यकर्मीहरुलाई मास्क, सेनिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) सेट, ग्लोब्स प्रदान गरेको छ । 

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा उपचाररत विरामी र विरामी कुरुवालाई सोमबारदेखि खाना खुवाउन सुरु गरेको छ । निषेधाज्ञाले होटल तथा रेष्टुरेण्टहरु बन्द हुँदा उपचाररत बिरामी र उनका कुरुवा खानाबाट बञ्चित नहोउन भनेर परिसरमै खानको व्यवस्थापन भइरहेको छ, यस्तै मायादेवी च्यारिटेवल फाउण्डेशनले पनि भिम अस्पताल लगायत अन्य क्षेत्रलाई पनि खाना उपलब्ध गराइरहेको छ । 

1.jpg

महालक्ष्मी विकास बैंक लिमिटेड भैरहवा शाखाले पनि अस्पताल र आइसोलेशन सेन्टरमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बैंकले भैरहवास्थित भीम अस्पताल र सिद्धार्थनगर नगरपालिकाको आइसोलेशन सेन्टरमा सर्जिकल मास्क, सेनिटाइजर र पानी उपलब्ध गराएको छ ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले जारी निषेधाज्ञाले विपन्न परिवारको हात मुख जोड्न फूड बैंक नै स्थापना गरी सञ्चालनमा ल्याएको छ, उनीहरुको बिहान सांझको छाक टार्न बैक मार्फत कम्तीमा १० दिन पुग्ने खाद्यान्न सामग्री निःशुल्क उपलब्ध गराउदै छ ।
पर्यटन व्यवसायी अजय चौधरीले भीम अस्पतालमै खाने पानी, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य यवा व्यवसायी धर्मविर शर्माले पनि विपन्न, मजदुर परिवारलाई घर घरमै छोरा सहित खाद्यान्न वितरण गरिरहेका छन ।

भिम अस्पतालमा देखिएको अक्सिजन अभावको समस्यालाई समाधान गर्न सिद्दार्थनगर सुनचाँदी व्यवसायी संघले २ लाख ५१ हजार १५१ सहयोग गर्ने घोषण गरेको छ त्यस्तै कोरोना कहरको संकटको घडीमा अक्सिजनको कमि नहोस भन्नका लागि अस्पतालमा अक्सिजन उत्पादन गर्ने पलान्ट जाडनका लागि यूवा व्यवसायी तथा नेता विएन गुप्ता, अर्जुन जैयसवाल लगायतले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । 
यता उद्योग वाणिज्य संघको टिम नेत्र आचार्य, मंगल भण्डारी र त्यस्तै प्रकृति उप्रेती, राजु उप्रेतीले पनि जोखिमको वावजुद आफु चढ्ने गाडीलाई कोरोनाका बिरामी ओसार पसार गर्न एम्बुलेन्सको काम गरिरहेका छन ।

भैरहवा क्षेत्रमा मनकारी संस्था र व्यक्तिहरु कोरोना न्युनिकरण र रोकथाममा लागेका छन , अकालमै कसैको ज्यान नजाओस भन्दै यि त केही उदाहरण सहयोग मात्र हुन, भित्री रुपमा पनि नाम उल्लेख नगर्ने शर्तमा पनि कतिपयले सहयोगलाई जारी राखेका छन । आशा छ हामी सबैको सहयोगले कोरोना छिटै नै परास्त होस ।


लुम्बिनी चिन्तन

थप समाचार