Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेसन माग गर्दै प्रदेश प्रमुखलाई पत्र


  • लुम्बिनी चिन्तन
  • बैशाख २६, २०७८ आइतवार
  • 1.8K
    SHARES

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेसन माग गर्दै प्रदेश प्रमुखलाई पत्र

बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी दलले विशेष अधिवेसनको माग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका विपक्षी दलले प्रदेश प्रमुखलाई भेटर विशेष अधिवेसनको माग गरेका हुन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी अविश्वासको प्रस्ताव माथि छलफल गर्न विशेष अविधवेन बोलाउन आग्रह गरेका हुन्। 

केसीको नेतृत्वमा नेपाली काँग्रेसका प्रमुख सचेतक फकरुद्धिन खान, सचेतक निर्मला क्षेत्री, नेकपा माओबादी केन्द्रका प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री सुदर्शन बराल लगाएत प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। अल्पमतमा रहेका एमाले नेता शंकर पोखरेलले एकल बहुमतको सरकार बनाएको भन्दै बिपक्षी गठबन्धनले त्यसको प्रतिवाद गर्दै आएको छ। 

विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध आइतबार फेरी अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। अविश्वासको प्रस्ताव मार्फत माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केशीलाई मुख्यमन्त्रीको रुपमा अघि सारीएको छ।

प्रदेश सभामा हाल ७९ जना सदस्य छन्। बहुमतका लागि ४० सदस्य आवश्यक पर्छ। जसमा नेकपा एमालेका ३८, नेपाली काँग्रेसका १९, नेकपा माओबादीका सभामुख बाहेक १८, जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ जना छन्। 


लुम्बिनी चिन्तन

थप समाचार