Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कपिलस्तु प्रहरीले दियाे अस्पताललाई २६ वटा सिलिन्डर


  • लुम्बिनी चिन्तन
  • बैशाख २५, २०७८ शनिवार
  • 1.2K
    SHARES

कपिलस्तु प्रहरीले दियाे अस्पताललाई २६ वटा सिलिन्डर

कपिलवस्तु । अक्सिजनका अभावमा बिरामीहरुको उपचारमा समस्या भईरहेका बेला कपिलस्तु प्रहरीले कपिलवस्तुका २ अस्पताललाई २६ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

प्रहरी उपरिक्षक नवराज अधिकारीले कपिलवस्तु र बहादुरगंज अस्पताललाई सो सिलिन्डर हस्तान्तरण गरेका हुन । उनले कपिलस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंह र कृष्णनगर नगरपालिका मेयर रजन प्रताप शाहलाई सिलिन्डर प्रदान गरेका थिए । बिभिन्न उद्योग कर कारखानामा रहेको सिलिन्डर संकलन गरी अस्पतालाई हस्तान्तरण गरेको प्रहरी उपरिक्षक अधिकारीले बताए ।

अक्सिजन अभावले संक्रमितहरुको उपचारमा समस्या भईरहेका बेला आफुहरुले सो कार्य गरेको बताए । ‘ शान्ति सुरक्षा सहित यो बिपतको बेला बिरामीको उपचारमा सहजता प्रदान गर्न यो कार्य गरेका हौ ’ उनले भने । प्राप्त सिलिन्डर दुबै मेयरले अस्पतालाई दिएका थिए । प्रहरीको यो कदम निकै सराहनीय रहेको दुबै मेयरले प्रतिक्रिया दिएका छन । मेयर सिंहले अक्सिजनको अभावमा बिरामीहरुको उपचारमा समस्या आईरहेका बेला प्रहरीले गरको यो काम निकै राम्रो रहेका बताए । प्रहरी उपरिक्षक अधिकारीले आफुहरुलृ अरु सिलिन्डर समेत संकलन गरी हस्तान्तरण गर्ने बताए । 


लुम्बिनी चिन्तन

थप समाचार