बुटवल । नेपाल औषधी व्यवस्था विभागले पठाएकाे रेमडिसिभिर औषधी रुपन्देही नआउदा कोरोना संक्रमित विरामीहरुको उपचार प्रभावित बनेको छ ।
अत्यन्त सिकिस्त अवस्थामा पुगेका संक्रमितहरुको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभिर औषधी नेपाल औषधी व्यवस्था विभागले देशभरका कोरोना बिशेष अस्पतालहरुलाई पठाईएको बताउदै आएको छ ।
विभागले जारी गरेको सार्वजनिक सुचनामा मंगलबार आईपुगेको ३ हजार भाईल मध्ये रुपन्देहीका लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई १ सय ८ भाईल र युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवालाई ५४ भाईल औषधी उपलब्ध गराएको दावी गरेको छ । तर यि दुवै असपतालले उक्त औषधी आफुहरले फेला नपारेको बताएका छन् ।
बुधवार आयात गरिएको ४ हजार भाईल औषधी मध्ये लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई ७२, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवालाई १ सय २ र भीम अस्पताल भैरहवालाई २४ भाईल रेमडिसिभिर औषधी उपलब्ध गराईएको जनाएको छ ।
तर रुपन्देहीका कुनैपनि अस्पतालले हालसम्म औषधी उपलब्ध नभएको र विभागसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेका बताएका छन् । ‘विभागले रेमडिसिभिर औषधी पठाईएको भनेर सूचना समेत सार्वजनिक गरेको छ, तर औषधी आएको छैन, विभागमा सम्पर्क गर्न खोज्दा कसैसंग सम्पर्क हुंदैन ।’ लुम्बिनी प्रादेशिक अस्पतालका फार्मासिस्ट पदम खनालले भने ।
औषधी व्यवस्था विभागले दुईपटक गरि अस्पताललाई १ सय ८० भाईल औषधी उपलब्ध गराएको जनाएपनि अस्पतालमा प्राप्त भएको छैन खनालले भने । चिकित्सकहरुका अनुसार रेमडिसिभिर औषधी सिभियर अवस्थाका विरामीलाई लाभदायक मानिन्छ । यो औषधी एकजना विरामीलाई ६ भाईल आवश्यक पर्ने उनिहरु बताउंछन् ।
बिभागले बंगलादेशबाट मंगलबार र बुधवार दुईपटक गरि सातहजार भाईल आयात गरेको थियो । उक्त औषधी मंगलबार हाम्रो मेडि कन्सर्नले ३ हजार भाईल र आयान हेल्थ केयर प्रा।लिले बुधवार ४ हजार भाईल काठमाण्डौ ल्याई पु¥याएको थियो ।
युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवाका प्रमुख प्रशासकिय अधिकृत कमल ढकालले पनि मेडिकल कलेजमा औषधी नआएको बताए । ‘विभागले औषधी पठाएपनि बाटोबाटै गायब भयो भन्ने सुनिन्छ, मेडिकल कलेजमा भने अहिलेसम्म आईपुगेको छैन ।’ उनले भने ।
विभागले दुईपटक गरि उक्त मेडिकल कलेजलाई १ सय ५६ भाईल औषधी उपलब्ध गराएको जनाएको छ । त्यस्तै भैरहवास्थित भीम अस्पतालमा पठाएको भनिएको २४ भाईल औषधीपनि अस्पतालमा आएको छैन । अस्पतालका कोरोना फोकल पर्सन डा। आरिफ हुसेनले विभागले औषधी पठाएको भन्ने समाचार सुनेपनि अस्पतालमा नआएको बताए ।
विभागले दुवै पटक गरि देशभर कोरोनाका विरामीहरुको उपचार गरिरहेका ५० वटा अस्पताललाई औषधी वितरण गरेको दावी गरेको छ । ‘विभागले औषधी पठाएको भन्छ, यहांका अस्पतालहरुमा औषधी आईनपुग्दा व्यवसायीहरुले लुकाएको आरोप लाग्ने अवस्था आयो ।’ भट्टराईले भने ।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र खनालले अक्सिजन अभाव भईरहेको अवस्थामा अस्पतालमा पठाईएको भनिएको औषधीसमेत अस्पतालमा आईनपुग्दा विरामीहरुको ज्यान जोखिममा पुगेको बताए ।
चिकित्सक र स्वास्थ्यकर्मीहरु अस्पतालमा उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गर्दै विरामीहरुको सेवामा खटिने हो, चिकित्सक आफै श्रोत साधन खोज्न लाग्ने हो भने विरामीहरुको उपचार कसरी गर्न सकिएला । उनले भने ।