Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रुपन्देहीमा शुक्रबार २६०जना संक्रमण मुक्त, ७८२ जना संक्रमण पुष्टि


  • लुम्बिनी चिन्तन
  • बैशाख २४, २०७८ शुक्रवार
  • 496
    SHARES

रुपन्देहीमा शुक्रबार २६०जना संक्रमण मुक्त, ७८२ जना संक्रमण पुष्टि

भैरहवा । शुक्रबार रुपन्देहीमा २६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन भने ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्थानीय प्रशासनले आजबाट निषेधाज्ञालाई कडा बनाएको दाबी गरेपनि रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रम घटेको छैन । दिनानुदिन संक्रमण बढदै गएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना संक्रमितको मृत्यु भएको छ भने ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका मध्ये सबै भन्दा बुटवलमा मात्रै ३७१ जनामा संक्रमण देखिएको छ, त्यसतै तिलोत्तमामा १३४ जना, सिद्धार्थनगरमा ८३ जना, देवदहमा ५० जना, सुद्धोधनमा १७ जना र सैनामैनामा ५९ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि लुम्बिनी सांस्कृतिक नगरमा ८ जना, ओमसतियामा ७ जना, रोहिणीमा ४ जना, सियारीमा १४ जना, कञ्चनमा ११ जना, मायादेबीमा १५ जना, कोटहीमाईमा ६ जना र मर्चवारीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै सक्रिय संक्रमित मध्यै २६९ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन , ५ हजार ७ सय ३१ जना होम आइशोलशनमा रहेका छन ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार