Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रुपन्देहीमा ५३८ अक्सिजन सिलिण्डर प्रशासनले गर्यो संकलन


  • लुम्बिनी चिन्तन
  • बैशाख २४, २०७८ शुक्रवार
  • 560
    SHARES

रुपन्देहीमा  ५३८ अक्सिजन सिलिण्डर प्रशासनले गर्यो संकलन

भैरहवा। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले  विभिन्न उद्याेगबाट अक्सिजन सिलिण्डर संकलन गरेकाे छ । 

रुपन्देहीमा अक्सिजनको अभाव हुन थाले पछि संयुक्त टाेलीले अक्सिजन प्रयोग हुने उद्योगहरुबाट अक्सिजन सिलिण्डर संकलन गरेकाे हाे ।

जिल्लामा रहेको १२ वटा स्टिल उद्योगहरु मध्ये ८ वटा स्टिल उद्योगहरुबाट ५ सय ३८ वटा अक्सिजन सिलिण्डर संकलन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

संकलन गरिएको सिलिण्डरमा केही भरिएका थिए भने केही खाली छन् । संकलन गरिएको अक्सिजन सिलिण्डरमध्ये भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेसलाई एक सय वटा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई ६८ वटा र भीम अस्पताल भैरहवालाई १५ वटा उपलब्ध गराइएको उनले बताए ।

बाँकी रहेका अन्य सिलिण्डरहरुलाई सम्बन्धित स्थान अक्सिजन भर्नका लागि पठाइएको प्रजिअ तामाङले जानकारी दिए । रुपन्देहीमा संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अक्सिजन सिलिण्डरको अभाव खड्किएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार