Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

२० वेडकाे आइशाेलेशन तयार, देवदहवासीको नि:शुल्क स्वाव परिक्षण


  • लुम्बिनी चिन्तन
  • बैशाख २३, २०७८ बिहिवार
  • 1.2K
    SHARES

२० वेडकाे आइशाेलेशन तयार, देवदहवासीको नि:शुल्क स्वाव परिक्षण

भैरहवा । रूपन्देहीको  देवदह नगरपालिकाले अक्सिजनसहित २० वेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।  कोरोना भाईरसको दोस्रो लहरसंगै देवदह वडा नं ७ मा रहेको मगर समाजको भवनमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालन गरिएको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले जानकारी दिए ।

त्यस्तैगरी २० देखि ४० बेडसम्मको अक्सिजन सहितको आइसोलेसन र कम्तिमा ५ वेडसम्मको आईसीयु सञ्चालनमा आउने गरी देवदह मेडिकल कलेजले तयारीको काम भैरेहेको उनले बताए ।

उनले भने-‘हामी जनताको सेवामा छाैै,सहज रूपमा सेवाको लाभ लिनुहुन र केहि समस्या भएमा हामीलाइ सम्पर्क गर्नूस् ।’संक्रमितको उपचारमा आवश्यक सहजीकरण गरिरहेको र अक्सिजन अभावको पछिल्लो अवस्थालाई मध्यनजर गरेर जोखिम न्यूनिकरणको लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालन गरिएको मेयर खत्रीले वताए ।

त्यस्तैगरी नगरबासीको सुविधाका लागि कोरोना संक्रमणको लक्षण देखिएकाहरुको स्वाव समेत त्यहिबाट लिने र स्वाव परिक्षणलाई समेत निशुल्क गरिएको वताए ।


लुम्बिनी चिन्तन

थप समाचार