Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

अक्सिजनको सहज आपूर्ति गर्न मेडिकल कलेजको अपिल


  • लुम्बिनी चिन्तन
  • बैशाख २३, २०७८ बिहिवार
  • 696
    SHARES

अक्सिजनको सहज आपूर्ति गर्न मेडिकल कलेजको अपिल

भैरहवा । कोभिड–१९ संक्रमित उपचारको ठूलो हिस्सा सम्हालेका भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)ले अक्सिजनको सहज आपूर्ति गरिदिन अपिल गरेको छ । 

कोभिड र नन कोभिडका बिरामीको निर्वाध रुपमा उपचार गरिरहेको मेडिकल कलेजले अक्सिजन व्यवस्थापनमा गम्भीर समस्या आएकाले बिहिबार विज्ञप्तिमार्फत सहज आपुीर्तको व्यवस्था गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको हो । 

Press release about O2 Supply.jpg

अस्पतालले सामान्य अवस्थामा करिब १२५ वटा अक्सिजन सिलिण्डर खपत गर्दै आएको छ । हालको अवस्थामा कोभिड अन्तर्गतका करिब १०० वेडको कोभिड आई.सि.यु. र कोभिड एच.डि.यु. मा उपचाररत प्रत्येक जटिल किसिमका विरामीहरुलाई अनिवार्य रुपमा अक्सिजनको सहयोग आवश्यक्ता पर्ने, यसका अतिरिक्त नन् कोभिडका पनि गंभिर किसिमका विरामीहरु समेत उपचाररत रहेको अवस्थामा प्रत्येक दिन कम्तिमा पनि ५०० अक्सिजन सिलिण्डर खपत भैरहेको बताएको छ । 

बिरामीको चापलाई थेग्न अस्पतालले तयारी अवस्थामा रहेको थप ६० वेडको एच.डी.यु. समेत सञ्चालन गर्न असमर्थ हुने र कम्तिमा पनि दैनिक ८०० अक्सिजन सिलिण्डर सहज आपुर्तिका लागि सहयोग र समन्वय गरिदिन संघीय, प्रदेश र स्थानीय सरकार, स्थानीय प्रशासन, नागरिक समाज, सञ्चारकर्मी लगायत सबै पक्षसंग युसीएमएसले अपिल गरेको छ ।

ppe.jpg

हाल आएर छिमेकी राष्ट्र भारतमा कोरोनाको महामारी, स्थानिय प्रशासनद्धारा जारी गरिएको निषेधज्ञा, अनपेक्षित अघोषित लोडसेडिङ्गले अक्सिजनको उत्पादनमा कमी आएको अक्सिजिन उत्पादकहरुले अस्पताल प्रशासनलाई जानकारी गराएको छ । यस्तै अवस्था रहे र सहज आपूर्ति हुन नसके सञ्चालनमा रहेका वेडहरुलाई समेत कटौटी गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने कलेज प्रशासनले जानकारी दिएको छ । 

UCMS 2.png


लुम्बिनी चिन्तन

थप समाचार