भैरहवा । रुपन्देहीमा आज २ सय ९५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमीत निको भएका छन । जिल्लामा दैनिक संक्रमण पुष्टि भएका थपिदै गएपनि निको हुनेको संख्या पनि बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङ अनुसार सोमबार ६६ जना निको भएका छन भने यो संख्या मंगलबार बढेर २ सय २२ पुगेको छ । त्यस्तै आज बुधबार पछिल्लो २४ घण्टामा २ सय ९५ जना काभिड संक्रमित निको भएका छन यो सँगै रुपन्देहीमा हाल सम्म १० हजार १ सय ६५ संक्रमित निको भई घरफर्केका छन ।
जिल्लामा अज सम्म १५ हजार ३ सय ५३ जना कुल संक्रमित भएको मध्ये ६६ प्रतिशत निको भइसकेका छन भने ३२ प्रतिशत सक्रिय संक्रमित छन । बैशाख महिनाको सुरुवातसँगै संक्रमितहरु एक्कासी बढेको सक्रिय संक्रमितहरु बढेका हुन । बैशाख १ गते जिल्ला भरि निको हुनेको संख्यामा ९९ प्रतिशत पुगको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
बुधबार साझ साढे ४ बजे सम्म विभिन्न ल्याब बाट आएको रिर्पोट अनुसार पछिल्लो २४ घण्टामा ५ सय ८७ जनामा संंक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये बुटवल उपमहानगरपलिकामा सबै भन्दा बढि २ सय ५५जना कोरोना पोजिटिभ देखिएका छन् । यस मध्ये १ सय ५ जना महिला र १ सय ५० जना पुरुष रहेका छन् । यसै गरि सिद्धार्थनगर नगरपालिकामा ६७ जना, तिलोत्तमा नगरपालिकामा १ सय ३६ जना, सैनामैना नगरपालिकामा ४३ जना र देवदह नगरपालिकामा ३६ जना र लुम्बिनी सास्कृतिक नागरपालिकामा २ जना संक्रमित थपिएका छन । नगरपालिकामा बढि मात्रामा संक्रमित थपिए पनि गाँउापलिका क्षेत्रमा पनि संक्रमण बढ्दो छ ।
रुपन्देहीमा हाल ४ हजार ९ सय ५५ जना सक्रिय संक्रमित छन । जसमध्ये ७ जना भेन्टिलेटरमा, २४ जना आइसियुमा र १५५ जना अस्पतालमा उपचाररत छन । यस्तै बाकी अन्य संक्रमितहरु होम आइशोलेशनमा उपचाररत छन ।