Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सांसदहरुको आज कोरोना परीक्षण हुँदै


  • लुम्बिनी चिन्तन
  • बैशाख २२, २०७८ बुधवार
  • 440
    SHARES

सांसदहरुको आज  कोरोना परीक्षण हुँदै

काठमाडौं । संघीय संसद सचिवालयले आज दुवै सदनका सांसदहरुको कोभिड १९ को पिसिआर परीक्षण गराउँदैछ ।

बैशाख २७ गते बस्ने प्रतिनिधिसभा विशेष अधिवेशनको बैठकको तयारीमा रहेको सचिवालयले दुवै सदनका सभामुख, अध्यक्ष,उपाध्यक्ष र सांसदहरुको कोभिड परीक्षण गर्न लागेको हो ।

 १० बजेबाट संसद भवनको ल्होत्से हलमा कोभिड परीक्षण सुरु गरिएको छ । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिवसहित संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको कोभिड परीक्षण हुने सचिवालयले जनाएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मीसहित अन्य सम्बन्धित व्यक्तिको परीक्षण भने बिहीबार हुनेछ । प्रतिनिधिसभाको बैठक बैशाख २७ गते बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव उपर छलफल र निर्णय हुनेछ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार