भैरहवा । मंगलबार रुपन्देहीमा हाल सम्मकै उच्च ७ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निषेधाज्ञा जारी भएको आज छैठो दिन आज हाल सम्मकै सबै भन्दा बढि संक्रमित थपिएका हुन । स्थानीय प्रशासनले निषेधाज्ञालाई कडा बनाएको दाबी गरेपनि रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रम घटेको छैन । लगतार ४ दिन देखि जिल्लामा संक्रमणको ग्राफ बढ्दो छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४ जना संक्रमितको मृत्यु भएको छ भने ७ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका मध्ये सबै भन्दा बुटवलमा मात्रै ३३२ जनामा संक्रमण देखिएको छ, त्यसतै तिलोत्तमामा १५८ जना, सिद्धार्थनगरमा १०८ जना, देवदहमा ४२ जना, सुद्धोधनमा ५७ जना र सैनामैनामा ३५ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि ओमसतियामा २२ जना, रोहिणीमा १९ जना, सियारीमा ८ जना, कञ्चनमा ६ जना, मायादेबीमा ५ जना, गैडहवामा ३ जना र मर्चवारी र लुम्बिनी सांस्कृतिक नगरमा १।१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा २२२ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्केका छन् । योसँगै जिल्लामा चार हजार ६ सय ७६ जना सक्रिय संक्रमित पुगेकाछन् भने हालसम्म मृत्यु हुनेको संख्या दुई सय २० पुगेको छ । जिल्लामा १५७ जना लक्षण सहितको संक्रमितहरुले अस्पताल तथा आइसोलेशनमा उपचार गराईरहेका छन् भने ४५१९ जना होम आइसोलेशनमा रहेका छन् ।