भैरहवा । उद्योगी व्यवसायीहरुको साझा सस्ंथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मूल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्कको मास्केवारी तथा कर एवं विद्युत महशुल दाखिलाको समयावधि थप गर्न माग गरेको छ ।
कोरोना माहामारीले सबै क्षेत्र अस्तव्यस्त भएकोले वर्तमान असहजतालाई हेर्दैै उद्योग ब्यवसायको राहतको लागी उक्त अवधिको जरिवाना मिनहाको ब्यवस्था गरि दिन सम्बन्धित निकायमा अपिल गरेका हो । संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठद्वारा सोमबार जारी गरिएको विज्ञप्तीमा ‘वर्तमान समयमा कोरोना भाइरस संक्रमणबाट कतिपय उद्योगी, व्यवसायी, कर्मचारी स्वयं संक्रमणको कारण अस्पताल लगायत आइसोलेशनमा बस्नुपर्ने बाध्यताका कारण उद्योग व्यवसाय ठप्प रहेको र जोखिम तथा त्रासका कारणले आर्थिक गतिविधिमा गिरावट एवं आयात निर्यातमा असहजता आएको छ ।’
सरकारको निर्णय अनुसार सबै ब्यवसायीहरुले आफ्नो ब्यवसायीक प्रतिष्ठानहरु बन्द गरेर घरमै बसिरहेका छन् । यस्तो अवश्थामा कतिपय उद्योगी ब्यवसायी नै संक्रमणको कारण अस्पताल लगायत आईसोलेसनमा बसेको कारण उद्योग ब्यवसाय ठप्प रहेको र जोखिमको कारण आर्थिक गतिविधिमा गिरावट आएको संघका का वा अध्यक्ष श्रेष्ठले भने ।
समग्र वस्तुस्थितिलाई ध्यानमा राख्दै उद्योग÷व्यवसाय क्षेत्रको राहतको लागि मूल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्कको मास्केवारी तथा कर एवं विद्युत महशुल दाखिलाको समयावधि विद्यमानको अवस्था सहज नभएसम्मको लागि थप गर्नु संघले सरोकारवाला निकायसँग अपिल गरेको छ ।