Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मन्त्रालयको प्राथमिकतामा एन्टिजिन आरडिटी किट : प्रवक्ता गौतम

सिमाका लागि ढेड लाख किट यही साता आउदै


  • लुम्बिनी चिन्तन
  • बैशाख २०, २०७८ सोमवार
  • 1.7K
    SHARES

मन्त्रालयको प्राथमिकतामा एन्टिजिन आरडिटी किट :  प्रवक्ता  गौतम

भैरहवा ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वोर गौतमले परिक्षणका लागि एन्टिजिन आरडिटी प्रणली मन्त्रालयको प्राथमिकतामा रहेको बताएका छन । 
नेपाल भारत सिमानाका वेलहिया निरीक्षण गर्न आउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै प्रवक्ता गौतमले एन्टिजीनको पोजिटिभ अनुपात ८०–९० प्रतिशत रहेकोले हामीले पिसीआर भन्दा एन्टिजीनलाई नै प्राथमिकता दिनुपर्ने बताए । ‘आरटी पिसीआरको पोजिटिभ अनुपात मात्र ७० प्रतिशत छ । आधा घण्टामै एक्जेक्ट नतिजा आउने, सस्तो र छिटो हुने भएकोले केस प्रमाणित गर्न अहिले मन्त्रालयले यसैको व्यवस्थापनमा लागेको छ’ प्रवक्ता गौतमले भने ‘ठूलो प्रयोगशाला नचाहिने र  कम अनुभवी भएको स्वासथ्यकर्मीले पनि परिक्षण गर्न सक्छन, प्राथमिकतामा राखेका छौ केही ढिलाई भएको छ । यस्को व्यवस्थापन गर्छौ प्रयास सुरु भएको छ । उनले भने  

देशमा परिक्षणमा कमिको एउटा मात्र कारण गत वर्ष आरडिटी एन्टिजीन थिएन । आरडिटी एन्टिवोडी टेष्ट थियो त्यसलाई अहिले हटाएका छौ । धेरै नै गलत रिर्पोट दिएकोले हटाएका हौ , अहिले प्रयोग गरेको एन्टिजीन रिएजेन्ट अमेरिकन फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन र डब्लु एच ओ बाट मान्यताप्राप्त हो प्रवक्ता गौतमले भने ।

कन्ट्रयाक्ट ट्रेसिङ र केस परिक्षण गर्नलाई पहिलो चरणमा एक लाख पचास हजार किट सबै जिल्लामा पठाएका थियौ, जो अहिले गलत भएको मन्त्रालयले स्वीकारेको छ । हामीले मौज्दात गरेर आवश्यक ठाँउमा मात्रै पठाउनु पर्ने हो व्यवस्थापकिय कमजोरीका कारण अहिले यस्तो अवस्थामा केही अभाव भएको छ । एक लाख पचास हजार ऐन्टिजिन किट यही सातामा आउदैछ, त्यो सबै नाकामा पठाइने छ । प्रवक्त गौतमले भने ।

र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) एक प्रकारको सरुवा रोग पत्ता लगाउने छिटो र छरितो प्रविधि हो । ¥यापिड टेस्ट (आरडिटी) यही एन्टिजीन/एन्टिबडीको प्रतिक्रियाको सिद्धान्तका आधारमा विकसित भएको हो । पहिला प्रयोग हुने किट मानिसको शरीरले बनाउने एन्टिबडी पत्ता लगाउने किट मात्र थियो ।  


लुम्बिनी चिन्तन

थप समाचार