Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सरकारले हातखुट्टा छाडेको छैन : मन्त्री त्रिपाठी

एक हजार शय्या थपिने, अत्यावश्यक औषधि तीनदिनभित्र आपूर्ति हुने


  • लुम्बिनी चिन्तन
  • बैशाख १९, २०७८ आइतवार
  • 986
    SHARES

सरकारले हातखुट्टा छाडेको छैन : मन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा नछाडेको बताएका छन ।

मन्त्री  त्रिपाठीले भिडियो सन्देश जारी गर्दै सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउदै सबै जिम्मा सरकारले लिएको छ । सरकार प्रतिबद्धता पुरा गर्न कटिबद्ध छ’ । ‘बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छाडेको छैन । जिम्मेवारीका साथ सरकार कर्तव्यपालनमा अघि बढेको छ ।’उनले भने

सरकारले सोमबार काठमाडौंमा कोभिड–१९ उपचारका लागि थप १ हजार शय्या थप गर्ने बताएको छ । मन्त्री त्रिपाठीले कोभिड उपचारका लागि आवश्यक पर्ने औषधीसहरु दुईतीन दिनमै ल्याइने जानकारी दिए । भारतमा संकट गहिरिँदा अक्सिजन आपूर्तिमा समस्या भएपनि आतंकित हुनपर्ने अवस्था नरहेको बताए ।

भ्याक्सिन र अक्सिजन जोहो गर्न सरकार दत्तचित्त भएर लागेको जानकारी दिँदै मन्त्री त्रिपाठीले व्यवस्थापनमा भएको त्रुटिको नैतिक जिम्मेवारी मन्त्रीको हिसाबले आफूले लिने बताए ।

संक्रमणको दरलाई घटना निषेधाज्ञा महत्वपूर्ण रहेको बताउँदै उनले यसमा सहयोग गर्न आग्रह गरे ।


लुम्बिनी चिन्तन

थप समाचार