Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सैनामैना कोरोना अस्पतालमा गरे एक युवाले आत्महत्या


  • लुम्बिनी चिन्तन
  • बैशाख १८, २०७८ शनिवार
  • 1.7K
    SHARES

सैनामैना कोरोना अस्पतालमा गरे एक युवाले आत्महत्या

सैनामैना । रुपन्देहीकाे सैनामैना स्थित काेराेना विशेष अस्पतालमा एक सक्रमितले झुण्डीएर आत्महत्या गरेका छन् । हालै मात्र संचालनमा अाएकाे सैनामैना १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनकाे कोरोना विशेष अस्थायी अस्पतालमा संक्रमित युवाले अात्महत्या गरेका हुन । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेकाे नगरप्रमुख चित्र बहादुर कार्कीले बताए ।

निजी व्यवसायबाट राम्रो आम्दानी गरेका सैनामैना १ बनकट्टाका युवाले काठमाण्डौं गएर उपचार गराउने चाहाना राखेको बताउँदै नगरप्रमुख कार्कीले यहाँका चिकित्सक र पारिवारीक सल्लाह अनुसार अस्पतालमा उपचार गराउँदै आएका थिए ।  वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिए । ‘स्वास्थ्य अवस्था सामान्य थियो, कुनै समस्या र गुनासो पनि थिएन,’ पाण्डेले भने, ‘एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा उहाँमा ‘साइको’ को समस्या रहेको थाहा भयो ।’

नगरप्रमुख कार्कीका अनुसार घरबाट मगाएको पातलो तन्नाले ट्वाईलेटमा झुण्डीएको अवस्थामा फेला परेका थिए । स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि परिवारको आग्रहमा भर्ना गरिएको पाण्डेले बताए ।

तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो । अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् । सोही अस्पतालका एक जटिल बिरामीको लागि हेलिकप्टर मगाएर हिजोमात्रै काठमाण्डौं उपचारका लागि लगिएको थियो ।अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको छ । यसैगरी एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् ।

 

 

 


लुम्बिनी चिन्तन

थप समाचार