Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

आईसीयू बेड नपाएर अस्पतालको इमर्जेन्सीमा एकजना संक्रमितको मृत्यु


  • लुम्बिनी चिन्तन
  • बैशाख १७, २०७८ शुक्रवार
  • 762
    SHARES

आईसीयू बेड नपाएर अस्पतालको इमर्जेन्सीमा एकजना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज पनि एक जना कोरोना संक्रमित आईसीयू बेड नपाएर ज्यान गुमाएका छन् । बिगत २४ घण्टा देखि अस्पतालको इमर्जेन्सीमा बसेर बेडको प्रतिक्षा गरेपनि बेड खाली नभएपछि उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल ११ का ८३ वर्षिय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि बैशाख १५ गते अस्पताल पु¥याइृएको थियो । कोरोनाको लक्षण देखिएपछि १५ गते नै स्वाव संत्रलन गरिएकोमा १६ गते उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएसँग बेडको प्रतिक्षामा इमर्जेन्सीमा अक्सिनको सहायतमा राखिएको उनको आज बिहान ९ः२८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा। बिष्णु गौतमले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको अत्याधिक भिड भएपछि हाल फिबर क्लिनीक सहित इमर्जेन्सीमा समेत कोरोना संक्रमितलाई राखेर उपचार चलिरहेको उनले बताए ।

सर्पले डसेर आएका बिरामीलाई इमर्जेन्सीमा कोरोना संक्रमितको उपचार चलिरहेका कारण अस्पताल बाहिर लबीमा राखेर एन्टि स्नेक भ्यान चलाउन बाध्य हुनु परेको अस्पतालले जनाएको छ । कोरोना बिशेष अस्पताल र भिम अस्पतालका सबै बेड भरिएपछि लुम्बिनीले फिबर क्लिनीक र इमेर्जेन्सीलाई समेत कोरोनाको उपचारमा प्रयोग गरेको हो ।

अघिल्लो हप्तामा पनि देवदह नगरपालिकाका एक वार्ड अध्यक्षको धर्मपत्नीको आईसीयू नपाएर फिबर क्लिनीकमा ज्यान गएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार