भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज विहान ६ बजे देखि लागु गरेको निषेधाज्ञा उल्लंघन गरेको भन्दै एक महिला सहित ८ जनालाई कारवाही गरिएको हो ।
निषेधाज्ञाको समयमा अवज्ञा गरेका ८ जनालाई सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अबरोध पु¥याएको हुँदा उनीहरुलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएपी सत्यनारायण थापाले बताए ।
कारवाहीमा परेका मध्ये ७ जना पुरुषहरुलाई१ (एक) महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही नौ हजार एक सय र १ जना महिलालाई जरिवाना बापत छ सय जरिवाना तोकिएकोमा ५ जना ब्यक्तिहरुलाई कैद र जरिवाना वापतको रकम दाखिला गराई छाडिएको र अन्य ३ जना ब्यक्तिहरु एक महिना कैद वा सो बराबरको जरिवाना न तिरेकोले कारागार चलान गरिएको प्रहरी प्रवक्ता डिएपी थापाले बताए ।
यस्तै निषेधाज्ञा अवधिमा सवारीसाधान चलाई उल्लंघन गरेका एक हजार २०वटा सवारी साधानलाई केही समय होल्ड गरी र १४७० जना ब्यक्तिहरुलाई निषेधाज्ञा सम्बन्धी सम्झाई बुझाई गरि पहिलो पटक चेतावनी दिई छाडिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
अवज्ञा गर्नेमा सार्वजनीक सवारी साधन ५० वटा, नीजि सवारी साधन १० वटा, मालबाहक सवारी साधन १८० वटा, मोटरसाईकल ७१० वटा, साईकल ७० वटा र पैदलयात्री २०० जना रहेको कार्यालयले जानकारी दिएको छ ।
संक्रमण अत्याधिक भएकोले कोरोना संक्रमणको दोस्रो लहर रोकथाम तथा नियन्त्रण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले निषेधाज्ञा जारी गरेका छन । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाउनु भन्दा पहिले नै सर्वसाधरणलाई कारवाहीबारे सचेत गराएको थियो ।
प्रशासन कार्यालयद्वारा धन्यबाद
पहिलो दिन जारी भएको निषेधाज्ञा सहितको लकडाउन पालाना गरी आदेश कार्यान्वयन गरेको भन्दै जिल्ला प्रशसन कार्यालयले जिल्लावासी, दाजुभाई, दिदीबहिनी, राजनैतिक दल, नागरिक समाज, बुद्धिजिबी, उद्योगी व्यवासयी तथा संचाकर्मी सबैलाई धन्यावाद दिएको छ । प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दे सबैलाई धन्यावाद तथा आभार प्रकट गरेको र महामारीबाट जोगिन अभियानमा आगामी दिनहरुमा समेत साथ सहयोग र समर्थनको अपेक्षा गरेको कार्यालयका प्रशासकिय अधिकृत जनक थापाले बताए ।