भैरहवा । रूपन्देहीमा पछिल्लो २४ घण्टामा ४ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीले दिएकाे जानकारी अनुसार जिल्लामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ५२ जना पुगेको छ । थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १८७, तिलोत्तमा नगरपालिकामा १०४, सिद्धार्थनगर नगरपालिकामा ५७, सैनामैनामा नगरपालिकामा २८ र देवदह नगरपालिकामा २५ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै सियारी गाउँपालिकामा ७, गैडहवा गाउँपालिकामा ३, मायादेवी र शुद्धोधन गाउँपालिकामा ९र९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
त्यसै गरी ओमसतिया गाउँपालिकामा ८, कञ्चन गाउँपालिकामा ४, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिकामा २र२, रोहिणी र मर्चवारी गाउँपालिकामा १र१ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै जिल्लामा कुल संक्रमितको संख्या १२ हजार ५८ पुगेको छ । त्यसै गरी जिल्लामा ९ हजार ३ सय १९ संक्रमित निको भएका छन् भने हालसम्म १८७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।